पर्यटकीय गन्तव्य बन्दै ‘घटालथान’ | Khabarhub Khabarhub

पर्यटकीय गन्तव्य बन्दै ‘घटालथान’


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिका– ३ डोटी घटालमा रहेको सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ ‘घटालथान’ पछिल्लो समय आन्तरिक पर्यटकीय गन्तव्य बनिरहेको छ । विगतको तुलनामा पछिल्लो समय यहाँ अवलोकन तथा पूजाआजा गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।

बूढीघटालका नामले पनि प्रसिद्ध ‘घटालथान’ पर्यटकीय दृष्टिकोणले पनि सम्भावना बोकेको क्षेत्रका रूपमा परिचित हुँदै गएको छ । यसलाई यहाँको मुख्य धार्मिक शक्तिपीठका रूपमा लिइन्छ । ‘घटालथान’को अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा पछिल्लो समय वृद्धि भएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराले बताए ।

अहिले घटालथानमा सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यार्थी अवलोकनका साथै यस क्षेत्रमा वनभोज खान आउने गरेका छन् । विभिन्न जिल्लाका विद्यार्थी तथा बाह्य जिल्लाका र विदेशबाट गरी दैनिक दुई सयको हाराहारीमा ‘घटालथान’मा पर्यटकहरू आउने गरेको उनले जानकारी दिए । विशेष गरेर मङ्गलबार र शनिबार घटालथानमा पूजाआजा गर्नेको घुइँचो लाग्ने गरेको उनको भनाइ छ ।

सदरमुकाम बागबजारबाट पश्चिम–दक्षिणतर्फ पाँच किलोमिटरको दूरीमा घटालथान रहेको छ । जिल्ला सदरमुकामबाट ‘घटालथान’ पुग्न गाडीबाट १५–२० मिनेट र पैदल एक घण्टा समय लाग्छ ।

जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो बागबजार–आइतबजार–घटाल मन्दिर हो । यस स्थानमा आउन सकिने अन्य वैकल्पिक बाटो चिमिरिकोट–वीरखम्ब–टुँडा–चम्साल हो ।

घटालको महिमा
देउताको प्रभाव र शक्तिलाई कसैले चुनौती दिए भने मूल धामीले आफूले बालुवा खानुका साथै अरू धामीलाई पनि बालुवा खुवाएर शक्ति देखाउने गर्छन् । स्थानीयवासीहरू धामीले निहुरिएर मुखभरि बालुवा लिएर खाने गरेको जनविश्वास रहिआएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष बोहराले बताए ।

‘धामीहरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भन्ने किंवदन्ती रहेको र अहिले पनि धामीले सात–आठ मुठीजति बालुवा र पानी घुटुघुटु खाने गरेको स्थानीय रूपमा प्रचलित छ’, उनले भने ।

मुखभरिको बालुवा पानीसँगै निल्दा पनि दैवी शक्तिकै कारण कुनै स्वास्थ्य समस्या नदेखिएको धामीहरूले दाबी गर्छन् । आफ्नो मनोकामना पूरा भएकाहरूले यहाँ बोकाको बलि दिन्छन् ।

किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि घटालबाबा स्थापना गरिएको जनविश्वास रहेको उनले जानकारी दिइन् ।

पश्चिमी क्षेत्रमा आस्तिकहरूमाझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहेको पाइन्छ । खडेरी परेको वर्ष स्थानीयवासीले पानी देऊ’ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशिलाको प्वालमा पानी हाल्छन् र वर्षाको कामना गर्छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ९ : ५८ बजे

डीआइजी शाहलाई एआइजी र ११ एसएसपीलाई डीआइजीमा बढुवा सिफारिस

काठमाडौं – गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका

जिरायतमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु

सर्लाही – बागमती नगरपालिकास्थित जिरायतमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँद दुवै

आजका समाचार : गभर्नरमा विश्वनाथ पौडेल, रवि र छविको रिट हेर्दाहेर्दैमा र रूससँग सम्बन्ध सुधार्ने प्रयासमा ट्रम्प

प्रतिनिधिसभाबाट विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत प्रतिनिधिसभाको आजको दोस्रो

चीनले अन्तरिक्षमा पठायो लङ् मार्च शृङ्खलाको यो ५७७ औँ रकेट

एजेन्सी – चीनले मङ्गलबार साँझ हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण

भारतविरुद्ध बहादुरी देखाएको भन्दै पाकिस्तानी सेना प्रमुखलाई बनाइयो फिल्ड मार्शल

इस्लामावाद- पाकिस्तान सरकारले सेना प्रमुख जनरल आसिम मुनीरलाई फिल्ड मार्शल