जैमिनी पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा « Khabarhub

जैमिनी पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बागलुङ– जैमिनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपभोग, स्वामित्व र सहभागिता, पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा तथा प्रमाणीकरण गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका संयोजक अमरबहादुर थापाले पूर्णखोप सुनिश्चित घोषणा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा पालिकालाई पूर्णखोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख थापाले जैमिनी नगरपालिका प्रमुख नरबहादुर पुनलाई हस्तान्तरण गरे । सो अवसरमा नगरप्रमुख पुनले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताए ।

सबै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख गोविन्दप्रसाद शर्माले बताए  । उनले भने, ‘राष्ट्रिय खोप तालिकाअनुसार नगरका १० वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्णखोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।’

नगरपालिकाले दिगोपना र पूर्णखोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको सर्वेक्षण गर्ने उमेरअनुसार खोप पाए/नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाखमा खोप दिने व्यवस्था गरेको छ । वडास्तरीय खोप समन्वय समितिले बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्णखोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।

खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्णखोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख घनश्याम सापकोटाले बताए ।

नगरका १५ महिना उमेर समूहका तीन सय १३ जना नियमित खोप लगाइरहेका र १६ देखि २३ महिना उमेर समूहका दुई सय २६ जनालाई खोप दिएपछि नगर पूर्णखोप सुनिश्चित बनेको स्वास्थ्य शाखा प्रमुख शर्माले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १० : २७ बजे

सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत

अत्तरिया– सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर कैलालीले

ओली क्याबिनेटका सदस्य पाण्डेले लिए जेन-जी आन्दोलनको नैतिक जिम्मेवारी, आगामी चुनावमा नउठ्ने

काठमाडौं- नेपाली कांग्रेसका सह-महामन्त्री बद्रीप्रसाद पाण्डेले आगामी फागुन २१ गते

आसन्न निर्वाचनलाई निर्वाधरुपमा सम्पन्न गरौँ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई निर्वाधरुपमा सम्पन्न गरी अहिलेको

राष्ट्रपति भन्छन् : निर्वाचन गरेर देशलाई संकटबाट निकास दिनुपर्छ

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचन निर्वाधरुपमा सम्पन्न गरी अहिलेको

अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत

बर्लिन- अमेरिकी आयात शुल्कमा भएको उल्लेखनीय वृद्धि कारण जर्मनीको अर्थतन्त्रमा