आईपीएल: पानी परेपछि दिल्लीसँग अंक बाँड्दै बाहिरियो हैदरावाद « Khabarhub

आईपीएल: पानी परेपछि दिल्लीसँग अंक बाँड्दै बाहिरियो हैदरावाद


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिल्ली क्यापिटलसँगको खेल पानीले अवरुद्ध भएपछि अंक बाँड्दै सनराइजर्स हैदरावाद यो सिजनको इीन्डयन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिएको छ। ११ खेलमा तीन जित, सात हार सहेको हैदरावाद तीन खेल खेल्नु अगाडि नै आईपीएलबाट बाहिरिएको हो। हैदरावादले दिल्लीसँग अंक बाँडेपछि सात अंक बनाएको छ।

हैदरावादका प्याट कुमिन्सले सुरुवाती ३ ओभरमा नै ३ विकेट लिएको खेलमा दिल्ली १३३ रनमा सीमित भएको थियो। १३४ रनको झिनो लक्ष्य पछ्याएको हैदरावादले वर्षाका कारण ब्याटिङ गर्न नै पाएन। कमिन्सले कुल चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए। जयदेव उनादकदले पनि त्यत्तिकै उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १३ रन खर्चेर १ विकेट लिएका थिए।

दिल्लीका शीर्ष पाँच ब्याट्सम्यानमध्ये लोकेश राहुल १० रन जोडे। अन्य चार ब्याट्सम्यानले दोहोरो अङ्क समेत छुन नसकेको खेलमा दिल्लीले २९ रनमा ५ विकेट गुमाइसकेको थियो। ट्रिस्टियन स्टब्स र आशुतोष शर्माले समान ४१–४१ रन प्रहार गरे। स्टब्सले ३६ बलमा चार चौकाको मद्दतमा नटआउट ४१ रन बनाएका हुन्। यी दुई जनाले सातौँ विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए।

हैदरावाद बाहिरिए पनि एक अङ्क दिल्लीका लागि महत्त्वपूर्ण साबित हुन सक्ने छ। सोमबारको खेलमा अंक बाँडेसँगै हैदरावाद पहिलो चरणबाट बाहिरिएको छ भने दिल्ली १३ अङ्क सहित पाँचौँ स्थानमा छ। शीर्ष स्थानका लागि तीव्र प्रतिस्पर्धा छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ५ : ४९ बजे

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली