एमाले धनुषामा कुटाकुट : अधिवेशनस्थलको कुर्सी तोडफोड, रघुवीर पक्षले जिल्ला अध्यक्ष लखेटे « Khabarhub

एमाले धनुषामा कुटाकुट : अधिवेशनस्थलको कुर्सी तोडफोड, रघुवीर पक्षले जिल्ला अध्यक्ष लखेटे


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

धनुषा- नेकपा एमाले धनुषाको जिल्ला अधिवेशनस्थलमै दुई समूहबीच कुटाकुट भएको छ । अधिवेशनमा सहभागीले हलमा तोडफोडसमेत गरेका छन् ।

केही उम्मेदवारीमा दाबी विरोध परेको विषयलाई लिएर झगडा हुँदा कुटाकुट भएको हो । अधिवेशनस्थलमा कुर्सी पनि तोडफोड गरिएको छ । विवादका कारण मतदान प्रक्रिया रोकिएको छ ।

जिल्ला पदाधिकारीका लागि जिल्ला कमिटीमा वा भातृ संगठनको केन्द्रीय कमिटीमा एक कार्यकाल बसेको हुनुपर्ने भए पनि विधानविपरीत परेको उम्मेदवारीमा दाबी विरोधको उजुरी पर्दा उम्मेदवारी खारेज नगरेपछि विवाद भएको अध्यक्षका उम्मेदवार लक्ष्मीनारायण यादवले बताए ।

निर्वाचन समितिले अधिवेशन निष्पक्ष र शान्तिपूर्ण रूपमा गराउन नचाहेको उनले आरोप लगाए । उपसचिवमा उम्मेदवारी दिएका रुकाकुमारी मिश्र र लेखा समिति अध्यक्षका उम्मेदवार वीरेन्द्रलाल कर्णको मनोनयन विधानविपरीत रहेको यादवको दाबी छ ।

धनुषामा एमाले सचिव रघुवीर महासेठको समूह तथा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र सञ्जीव झा ‘सुरज’सहितका नेताहरूको धार छ । दुई समूहले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।

मण्डल, अरगरिया र झासहितका नेताहरूको समूहले निर्वाचनमा धाँधली गराउन लागेको रघुवीरमाथि आरोप लगाएका छन् । रघुवीरकातर्फबाट भोला यादवलाई अध्यक्षमा अघि सारिएको छ । लक्ष्मी नारायण यादवले अर्को पक्षबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

मंगलबार बिहान ८ बजेदेखि नै मतदानको कार्यतालिका प्रकाशन गरिएको थियो । तर, विवाद र कुटाकुटले मतदान अनिश्चित भएको छ ।

रघुवीर महासेठ पक्षधरले स्वस्थ निर्वाचन गराउनुपर्ने र मतपत्र च्यात्नेलाई कारबाहीको माग गरेका छन् । उनीहरूले अधिवेशनस्थलमा नाराबाजी पनि गरेका छन् ।

त्यसक्रममा उपमहासचिव रघुवीर पक्षले एमालेका वर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादवलाई लखेटेका छन् । एमाले धनुषाको अधिवेशन आइतबारदेखि जारी छ।

एमाले धनुषाको उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव मैदानमा छन् । सचिव पदमा दीपनारायण ठाकुर (दीपन) र धीरेन्द्र कुमार मण्डल प्रतिस्पर्धामा छन् ।

उपसचिवमा विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव भिड्ने तयारीमा छन् । उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङ भिड्दैछन् ।

जारी अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने तयारी छ । नयाँ नेतृत्वका लागि सोमबार नै मनोनयन भए पनि कुटाकुट र विवादका कारण निर्वाचन कार्यक्रम नै रोकिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १ : ०२ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक