योगेशले भने- कुलमानलाई हटाउँदा प्रचण्डको मुटुमै गोली लागे जस्तो भएछ « Khabarhub

योगेशले भने- कुलमानलाई हटाउँदा प्रचण्डको मुटुमै गोली लागे जस्तो भएछ


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोली लागे बराबर भएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा बोल्दै उनले विगतमा आफूले मुख्यसचिव बनाउँदा गरेको निर्णय र प्रधानसेनापतिबाट रूक्मांगत कटुवाललाई हटाएको कुरा स्मरण गर्न पनि प्रचण्डलाई आग्रह गरे ।

‘अहिले केपी शर्मा ओलीको सरकारले एउटा सहसचिवलाई हटाएकोमा तपाईंलाई यति ठूलो चिन्ता छ, तपाईंको मुटुमा नै गोली लागेजस्तो किन भएको छ ?’, उनले सोधे, ‘एउटा सहसचिव तहको कर्मचारी हो कुलमान, सरकारसँग उसको ट्युनिङ मिलेन, त्यहीकारण हटाइयो । प्रधानसेनापति हटाएजस्तो कुरा त होइन यो । यस्ताखाले बेथिति आफ्नो पालामा भएका छन् ।’

यो वर्षको नीति तथा कार्यक्रम कांग्रेस–एमाले ७ बुँदे सहमतिको भावनाअनुसार नै आएको भट्टराईले बताए । जनताको आक्रोशलाई सम्बोधन गर्ने उद्देश्यले दुई ठूला दल मिलेर सरकार बनाएको पनि उनले बताए । अहिले देशमा विद्यमान सबैखाले समस्याको समाधान गर्नेगरि नीति तथा कार्यक्रम ल्याइएको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १ : १३ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर १६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८