योगेशले भने- कुलमानलाई हटाउँदा प्रचण्डको मुटुमै गोली लागे जस्तो भएछ « Khabarhub

योगेशले भने- कुलमानलाई हटाउँदा प्रचण्डको मुटुमै गोली लागे जस्तो भएछ


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोली लागे बराबर भएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा बोल्दै उनले विगतमा आफूले मुख्यसचिव बनाउँदा गरेको निर्णय र प्रधानसेनापतिबाट रूक्मांगत कटुवाललाई हटाएको कुरा स्मरण गर्न पनि प्रचण्डलाई आग्रह गरे ।

‘अहिले केपी शर्मा ओलीको सरकारले एउटा सहसचिवलाई हटाएकोमा तपाईंलाई यति ठूलो चिन्ता छ, तपाईंको मुटुमा नै गोली लागेजस्तो किन भएको छ ?’, उनले सोधे, ‘एउटा सहसचिव तहको कर्मचारी हो कुलमान, सरकारसँग उसको ट्युनिङ मिलेन, त्यहीकारण हटाइयो । प्रधानसेनापति हटाएजस्तो कुरा त होइन यो । यस्ताखाले बेथिति आफ्नो पालामा भएका छन् ।’

यो वर्षको नीति तथा कार्यक्रम कांग्रेस–एमाले ७ बुँदे सहमतिको भावनाअनुसार नै आएको भट्टराईले बताए । जनताको आक्रोशलाई सम्बोधन गर्ने उद्देश्यले दुई ठूला दल मिलेर सरकार बनाएको पनि उनले बताए । अहिले देशमा विद्यमान सबैखाले समस्याको समाधान गर्नेगरि नीति तथा कार्यक्रम ल्याइएको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १ : १३ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ