‘नीति तथा कार्यक्रमले विकासको संस्कृति बदल्ने संकल्प लिएको छ’ « Khabarhub

‘नीति तथा कार्यक्रमले विकासको संस्कृति बदल्ने संकल्प लिएको छ’


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक भगवती न्यौपानेले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रमले विकासको संस्कृति बदल्ने संकल्प लिएको बताएकी छन् । 

राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले प्रस्तुत नीति कार्यक्रम विगतका भन्दा वैज्ञानिक, यथार्थ धरातलमा टेकेको र सान्दर्भिक रहेकाले विरोध गर्नुपर्ने कारण नरहेको बताइन्।
 
‘यथास्थितिबाट जनतालाई समृद्ध र सुखी बनाउन सक्दैनौँ, त्यसैले हामीले अङ्गाल्दै आएको विकासको ढाँचामा कमजोरी भएको विषयलाई नीति तथा कार्यक्रमले आत्मसात् गरेको छ’, नीति तथा कार्यक्रमको स्वागत र समर्थन गर्दै मुख्य सचेतक न्यौपानेले भने, ‘सङ्घका १८ हजार आयोजनामध्ये कतिपय आयोजना अलपत्र र अनावश्यक छन्, त्यसकारण सोचेजस्तो विकास हुन सकेको छैन, अब विकासको मोडल परिवर्तन गर्नुपर्छ भन्ने कुरालाई पहिलोपटक नीति कार्यक्रमले आत्मसात् गरेको छ ।’
 
यसअघिका नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठाएका विषयलाई सम्बोधन हुनेगरि नीति कार्यक्रम आएको उनको भनाइ छ ।

‘नीति कार्यक्रममा कार्यान्वयन गर्न सकिने विषय मात्रै समावेश गरिएको छ’, उनले भनिन्। 

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र पुनरुत्थानवादको प्रतिवाद गर्ने, संविधानको रक्षा, संशोधन र कार्यान्वयन, राजनीतिक स्थायित्वलगायत विषय नीति कार्यक्रमका सकारात्मक पक्ष भएको बताइन्।
 

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  २ : १० बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट