नीति, कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न सक्दैन : सांसद अर्याल « Khabarhub

नीति, कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न सक्दैन : सांसद अर्याल


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले विगतका राम्रा कार्यक्रम हटाएर ल्याइएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसक्ने बताएकी छन् । 

राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद अर्यालले यसले जनतामा उत्साह जगाउन नसकेको आरोप लगाइन्। 

राष्ट्रिय गौरवका आयोजना, गाँजाको व्यावसायिक प्रयोग, विदेशबाट फर्केकालाई उद्यमसँग जोड्ने, सुकुम्वासी समस्या समाधानलगायत नीति तथा कार्यक्रममा समेट्न सरकारसँग माग गरिन्।
 
सांसद अर्यालले आत्मनिर्भरको अर्थतन्त्र निर्माणको स्पष्ट खाका नीति कार्यक्रममा उल्लेख गर्नुपर्ने माग गर्दै सबै प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउने योजना नीति कार्यक्रममा समेट्न आग्रह गरिन् ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  २ : १३ बजे

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि