चतरादेखि टेम्केमैयुङ जोड्दै मुन्दुम पदमार्ग, बराहक्षेत्रले थाल्यो पूर्वाधार निर्माण | Khabarhub Khabarhub

चतरादेखि टेम्केमैयुङ जोड्दै मुन्दुम पदमार्ग, बराहक्षेत्रले थाल्यो पूर्वाधार निर्माण


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्थानीय, प्रदेश र सङ्घीय सरकारसहित स्वीस सरकारको लागत साझेदारीमा विनियोजित बजेटबाट सुनसरीको बराहक्षेत्र-चतरा हुँदै मुन्दुम पदमार्गको शिलान्यास गरिएको छ ।

सरकारको घुम्नै पर्ने एकसय पर्यटकीय गन्तव्यभित्र सूचीकृत ‘मुन्दुम पदमार्ग’ विस्तारका क्रममा कोसीटप्पुदेखि सगरमाथासम्म १६० किलोमिटर– ग्रेटर मुन्दुम ट्रेलको योजनाअनुसार चतरामा शिलान्यास गरिएको हो ।

हाल भोजपुरको टेम्केमैयुङदेखि साल्पा-सिलिचुङसम्म सञ्चालित यो पदमार्गलाई उत्तरमा सोलुखुम्बु र दक्षिणमा सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षसम्म विस्तार गर्ने तयारी छ ।

बराहक्षेत्र–१ स्थित छिन्नमस्ता भगवती मन्दिरदेखि हिन्दूपति राजाको दरबार हुँदै अर्चले जोडिने पदमार्गको प्रारम्भिक चरणको १ किलोमिटर पदमार्ग निर्माणका लागि नगर प्रमुख रमेश कार्कीले शिलान्यास गरेका हुन् । मुन्दुम पदमार्ग १५ लाखको लागत निर्माण हुने स्थानीय उपभोक्ता समितिका अध्यक्ष राजकुमार राईले जानकारी दिए ।

छिन्नमस्ता क्षेत्रमा किराती संस्कार संस्कृतिमा आधारित संरचना निर्माणसहितको मुन्दुम पार्क पार्क निर्माण गर्ने समितिको योजना रहेको अध्यक्ष राईले बताए ।

‘मुन्दुम पदमार्गका लागि चतराबाट प्रस्थानविन्दु राखिने योजना छ,’ उपभोक्ता समितिका अध्यक्ष राईले भने, ‘यहाँ किराती संस्कृतिमा आधारित संरचना, सङ्ग्रहालय, प्रवेशद्वारा निर्माणसँगै पार्कको परिकल्पना गरिएको छ ।’

पदमार्ग स्वीस सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा सङ्घीय सरकार, प्रदेश सरकार र बराहक्षेत्र नगरपालिकाको लागत साझेदारीमा विस्तारको काम भइरहेको छ ।

कोशी प्रदेशमा पदमार्गका लागि निश्चित गरिएका ‘रुट’ मध्ये बराहक्षेत्र र बेलका नगरपालिकाले पदमार्ग सुनिश्चित गरेर काम थाल्नुपर्ने छ । बराहक्षेत्रले ‘रुट’ तय गरी शिलान्यास गरेको मुन्दुम पदमार्ग बेलका-बराहक्षेत्र सरोकार समितिका संयोजक दिनेश राईले जानकारी दिए ।

‘कोशीटप्पुदेखि चोमोलुङ्मासम्मको ग्रेटर मुन्दुम ट्रेलको कन्सेप्टमा स्वीस सरकारको सहयोग, स्थानीय सरकार र प्रदेश सरकारको योजना साथै हेल्भेटासको प्राविधिक सहयोगमा काम अघि बढिरहेको छ,’ संयोजक राईले भने, ‘खुवालुङलाई केन्द्रविन्दु मानेर सांस्कृतिक पदमार्गको विकास हुन गइरहेकाले छोटो दूरीमा चोमोलुङ्मा पुग्ने बाटो छिटो पहिचान गर्न आवश्यक छ ।’

पदमार्गको विकास गर्दा स्थानीय संस्कार संस्कृतिको प्रवर्द्धन पहिलो सर्तका रुपमा रहने छ । पर्यटनको विकास, कृषिलगायत पक्षको विकास भए आर्थिक उन्नति हुने विषयलाई आत्मसात गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।

४ वर्षको परियोजनाअन्तर्गत सहायक पदमार्गको विकासमा समेत परियोजना सहायक हुने विश्वास लिइएको छ । पदमार्ग स्थापनाले सांस्कृतिक विकास सँगसँगै स्थानीय नागरिकको जीवन स्तर उकास्ने, पर्यटक भित्र्याउने उद्देश्यसहित कृषि उत्पादन बजारीकरणमा सहायक हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ६ : ४८ बजे

अध्यादेशको विरोध भूमिहीनलाई जमिन नदिने षड्यन्त्र हो : पोखरेल

धनगढी – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भूमिहीन र अव्यवस्थित

पुनःउत्पादित प्लाष्टिकको मानकीकरण चुनौतीपूर्ण : विज्ञ

काठमाडौं – ‘रिसाइकल’ गरिएका प्लाष्टिकका उत्पादनको मानकीकरण चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले

गण्डकीमा बर्सेनि खेर जान्छ सवा दुई करोडको खोप

पोखरा – बालबालिकाको खोपका लागि सरकारले गण्डकी प्रदेशमा मात्र करिब

बाढीले कमलाको काठेपुल बगाएपछि आवागमनमा समस्या

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको

प्रदीप नेपालबारे प्रचण्ड : देशले वामपन्थी प्रखर नेता गुमायो

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल