वामपन्थी नेता प्रदीप नेपालको निधन  « Khabarhub

वामपन्थी नेता प्रदीप नेपालको निधन 


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । 

लामो समयदेखि बिरामी रहेका उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो ।

साहित्यकारसमेत रहेका नेपालको निधन भएको पुष्टि उनका भाइ समीर नेपालले खबरहबसँग गरेका छन् । नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए ।

उनका अनुसार नेता नेपालको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने भएको छ ।

उनको जन्म २०१० साल पुस २८ गते भोजपुरको पोखरे गाउँमा भएको थियो। उनी पछिल्लो समय काठमाडौंको गोठाटारमा बस्दै आएका थिए ।

नेता नेपाल नेपालका नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए। त्यसपछि उनी शिक्षामन्त्री पनि भएका थिए । उनले आफ्नो राजनीतिक जीवनमा सूचना तथा सञ्चार, जलस्रोत र स्वास्थ्यमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए ।

नेपालले २०६४ सालमा शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए । एमालेमा कडा मिजासका बौद्धिक नेताका रुपमा उनी परिचित थिए । उनले २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्यका रुपमा राजनीति थालेका थिए ।

काठमाडौंमा भएको एमालेको नवौँ महाधिवेशनपछि पार्टीबाट बाहिर पारिएका उनी पार्किन्सन्स रोगबाट पीडित थिए ।

साहित्यमा सञ्जय थापाको परिचय बनाएका उनले एमालेमा सक्रिय हुन्जेल गुटको विरोध गरिरहे । गुटबन्दीले दास जन्माने बताउने उनी त्यहीकारण किनारामा परे । एमालेको नवौँ महाधिवेशनमा केपी शर्मा ओली समूहबाट उपाध्यक्षमा उठेर पराजित भए । बुटवलमा भएको आठौँ महाधिवेशनमा पनि उनी महासचिवमा पराजित भएका थिए।

एमाले विभाजित भएसँगै उनी राजनीतिबाट निष्क्रिय थिए । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले फकाउन खोजे पनि उनी पार्टी विभाजनको विपक्षमा उभिइरहे ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ४ : ३८ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक