इराक–लेबनानबीच आर्थिक तथा कूटनीतिक सहकार्यमा जोड | Khabarhub Khabarhub

इराक–लेबनानबीच आर्थिक तथा कूटनीतिक सहकार्यमा जोड


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बगदाद– इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीज्यूले सोमबार लेबनानले सामना गरिरहेको वर्तमान संकटका सन्दर्भमा इराकको दृढ समर्थन पुनः पुष्टि गरेका छन्। प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा यो जानकारी दिइएको हो ।

उनले उक्त कुरा लेबननका  वित्तमन्त्री  यासिन जाबेर र ऊर्जा तथा जलमन्त्री जो सादीसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा व्यक्त गरेका हुन् । सो अवसरमा दुई देशबीच विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत विचारविमर्श भएको बताइएको छ ।

प्रधानमन्त्रीज्यूले ‘इराकले लेबननको सुरक्षा, सार्वभौमिकता तथा हाल भइरहेको इजरायली आक्रमणको प्रतिकारमा निरन्तर ऐक्यबद्धता र समर्थन प्रदान गर्ने प्रतिबद्धता जनाउँछ’ भन्ने धारणा राखेका थिए ।

लेबननबाट आएको उच्चस्तरीय प्रतिनिधिमण्डलले पनि आफ्नो सरकार इराकसँगको सहकार्य अझ सुदृढ गर्न इच्छुक रहेको स्पष्ट पार्दै, विशेष गरी दूरसञ्चार तथा संयुक्त लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।
 

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ६ : ०८ बजे

कर विवरण नबुझाउने करदातासँग प्रत्यक्ष सम्पर्क अभियान

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुरले गत वर्षको आय विवरण नबुझाएका करदातालाई

‘असाधारण अवस्थामा जिम्मेवारी पाएँ, प्रहरीको मनोबल उठाउन काम गर्छु’

काठमाडौं – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई बिहीबार

पोर्चुगलमा कामदार भिसा बन्द : ठगी धन्धाबाट बच्न अनुरोध

लिस्बन– पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका

कागती खेतीबाट मनग्य आम्दानी

गण्डकी– कृषि कर्ममा लाग्ने हो भने रोजगारीका लागि विदेशै ताक्नु

प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न (तस्बिरहरू)

काठमाडौं- नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दान बहादुर कार्कीलाई दर्ज्यानी चिन्हबाट