प्रदीप नेपालको इच्छाअनुसार श्रद्धाञ्जली कार्यक्रम राखिएन, कुनै दलको झन्डा ओढाइएन « Khabarhub

प्रदीप नेपालको इच्छाअनुसार श्रद्धाञ्जली कार्यक्रम राखिएन, कुनै दलको झन्डा ओढाइएन


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समय पार्किन्सनका कारण थला परेका वामपन्थी नेता एवम् साहित्यकार प्रदीप नेपालकव ७२ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा पूर्वमन्त्रीसमेत रहेका नेता नेपालको निधन भएको पुष्टि उनका भाइ समीर नेपालले गरेका छन् ।

भोजपुरको पोखरेमा २०१० साल पुस २६ गते जन्मिएका नेपाल नेकपा एमाले विभाजित भएदेखि राजनीतिबाट टाढिएका थिए । काठमाडौंमा भएको एमालेको नवौँ महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएसँगै उनले राजनीतिबाट आफूलाई किनारा गरेका थिए ।

साहित्यमा सञ्जय थापा उपनामले परिचित उनको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा मंगलबार साँझ नै अन्तिम संस्कार गरिँदैछ ।

नेपालको इच्छा अनुसार उनका लागि कुनै श्रद्धाञ्जलीको कार्यक्रम राखिएको छैन । उनले आफ्नो अन्तिम इच्छाका रुपमा श्रद्धाञ्जली कार्यक्रम नराख्न र झन्डासमेत नओढाउन परिवारका सदस्यलाई भनेका थिए ।

निधन हुनु केही दिनअघि उनले लेखेको इच्छापत्रमा श्रद्धाञ्जली कार्यक्रम नराख्न र झन्डा पनि नओढाउन भनेका थिए । ‘मेरो मृत्युपछि कुनै तामझाम नगर्नू । मेरो शवमा झन्डा नओढाउनू, श्रद्धाञ्जलिका लागि पनि कतै नराख्नू ।’

खासगरि २०७८ मा नेकपा एमाले विभाजित भएपछि उनी तनावमा थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीकै प्यानलबाट नवौँ महाधिवेशनमा उपाध्यक्षमा उठेर पराजित उनी शरीरले साथ दिऊन्जेल पत्रपत्रिका र अनलाइनहरूमा विचारोत्तेजक लेखहरू लेखिरहन्थे ।

तर, जीवनको उत्तरार्द्धमा एमाले अध्यक्ष ओलीसँग उनको सम्बन्ध बिग्रिएको थियो । एकातिर ओलीसँगको सम्बन्धमा तनाव, अर्कातिर एमाले विभाजनको पीडा पनि उनले ब्यहोरेका थिए ।

पार्टी विभाजनपछि एमाले र नेकपा एकीकृत समाजवादी दुवैतिरका नेताले उनलाई आफ्नो पक्षमा तान्न मिहिनेत गरेका थिए । तर उनले दुवैतिर सक्रिय नहुने अडान लिए । पार्किन्सनका कारण उनी काँडाघारीस्थित निवासमै सीमित भएका थिए । एमाले विभाजनसँगै राजनीतिबाट पूरै निष्क्रिय बनेका नेपाल एमाले र एकीकृत समाजवादी दुवैको झन्डा ओढेर अन्तिम बिदाइ हुन चाहेनन् ।

नेता नेपाल नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए। त्यसपछि उनी शिक्षामन्त्री पनि भए । उनले आफ्नो राजनीतिक जीवनमा सूचना तथा सञ्चार, जलस्रोत र स्वास्थ्यमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए ।

नेपालले २०६४ सालमा शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए । एमालेमा कडा मिजासका बौद्धिक नेताका रुपमा उनी परिचित थिए । उनले २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्यका रुपमा राजनीति थालेका थिए ।

साहित्यमा सञ्जय थापाको परिचय बनाएका उनले एमालेमा सक्रिय हुन्जेल गुटको विरोध गरिरहे । गुटबन्दीले दास जन्माने बताउने उनी त्यहीकारण किनारामा परे । एमालेको नवौँ महाधिवेशनमा केपी शर्मा ओली समूहबाट उपाध्यक्षमा उठेर पराजित भए । बुटवलमा भएको आठौँ महाधिवेशनमा पनि उनी महासचिवमा पराजित भएका थिए।

एमाले विभाजित भएसँगै उनी राजनीतिबाट निष्क्रिय थिए । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले फकाउन खोजे पनि उनी पार्टी विभाजनको विपक्षमा उभिइरहे ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ६ : ३२ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई