एकीकृत समाजवादीले दोस्रो चरणको आन्दोलन थाल्ने « Khabarhub

एकीकृत समाजवादीले दोस्रो चरणको आन्दोलन थाल्ने


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) ले दोस्रो चरणको आन्दोलनको कार्यक्रम तयार गरी घोषणा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको सचिवालय बैठकले केन्द्रीय कार्यालयले दोस्रो चरणको आन्दोनलको कार्यक्रम तयार गरी घोषणा गर्ने निर्णय गरेको हो ।

बैठकमा वर्तमान समसामयिक राजनीतिक परिस्थिति, संसदमा छलफल भैरहेको सरकारको नीति तथा कार्यक्रम, पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका विषयमा छलफल भएको प्रवक्ता प्रकाश ज्वालाले बताए ।

एकीकृत समाजवादीले भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको रहस्यमय मृत्यु प्रकरणप्रति ध्यानाकार्षण भएको पनि जनाएको छ । बैठकले स्वर्गीय प्रिशाप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

एकीकृत समाजवादीले उक्त घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । यस घटनाप्रति गम्भीर बन्न र कूटनीतिक एवम् अन्य पहल गर्न एकीकृत समाजवादीले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ७ : ३५ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर १६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८