एकीकृत समाजवादीले दोस्रो चरणको आन्दोलन थाल्ने « Khabarhub

एकीकृत समाजवादीले दोस्रो चरणको आन्दोलन थाल्ने


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) ले दोस्रो चरणको आन्दोलनको कार्यक्रम तयार गरी घोषणा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको सचिवालय बैठकले केन्द्रीय कार्यालयले दोस्रो चरणको आन्दोनलको कार्यक्रम तयार गरी घोषणा गर्ने निर्णय गरेको हो ।

बैठकमा वर्तमान समसामयिक राजनीतिक परिस्थिति, संसदमा छलफल भैरहेको सरकारको नीति तथा कार्यक्रम, पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका विषयमा छलफल भएको प्रवक्ता प्रकाश ज्वालाले बताए ।

एकीकृत समाजवादीले भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको रहस्यमय मृत्यु प्रकरणप्रति ध्यानाकार्षण भएको पनि जनाएको छ । बैठकले स्वर्गीय प्रिशाप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

एकीकृत समाजवादीले उक्त घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । यस घटनाप्रति गम्भीर बन्न र कूटनीतिक एवम् अन्य पहल गर्न एकीकृत समाजवादीले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ७ : ३५ बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने