रोनाल्डोका छोरा रोनाल्डो जुनियर पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा « Khabarhub

रोनाल्डोका छोरा रोनाल्डो जुनियर पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरलाई पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा राखिएको छ।

पोर्चुगलले भ्लात्को मार्कोभिक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २२ सदस्यीय यू-१५ टोलीको घोषणा गरेको छ । क्रोएसियामा हुने उक्त प्रतियोगितामा क्रिस्टियानो रोनाल्डो जुनियर पनि अटाएका हुन् ।

यो प्रतियोगितामा पोर्चुगलले इङ्ल्याण्ड, जापान र ग्रिससँग प्रतिस्पर्धा गर्ने भएकोछ । टोलीका प्रमुख प्रशिक्षक जोआओ सान्तोसले क्रिस्टियानो जुनियरसहित टोटनह्याम हट्स्परका युवा खेलाडी डोन्ते लरेन्सलाई पनि टोलीमा राखेका छन् ।

सन् २००० मा यू-१५ डेब्यु खेलमा दक्षिण अफ्रिकाविरुद्ध गोल गरेका क्रिस्टियानो रोनाल्डोका लागि छोराले पनि खुसी दिएका छन् ।

रियल मड्रिडका सर्वाधिक गोलकर्ता रोनाल्डो ४० वर्षको उमेरमा पनि निरन्तर खेलिरहेका छन् । उनी पोर्चुगलको अन्तर्राष्ट्रिय टोलीका सदस्य छँदैछन् । अहिले उनी साउदी अरेबियास्थित अल नासार फुटबल क्लबबाट खेलिरहेका छन् ।

सन् २०१६ मा उनले पोर्चुगललाई पहिलो पटक ठूलो अन्तर्राष्ट्रिय उपाधि युरो कप जिताएका थिए । युरो २०१६ को फाइनलमा फ्रान्सलाई हराउँदै पोर्चुगलले उपाधि जितेको थियो।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ८ : ११ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय