आज २०८२ साल जेठ २३ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ २३ गते शुक्रबारको राशिफल


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ २३ गते शुक्रबार। जेठ शुक्ल पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ जुन ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। खर्च बढ्नेछ। विपक्षीले मात्र प्रगति गरेको देख्नु पर्नेछ। घर परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

वृष : दिन सामान्य राम्रो छ। थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ। व्यापारमा फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। काममा जाँगर बढ्नेछ।

मिथुन : धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। आफ्नो कामको मूल्यांकन गर्न नसक्दा मन दुःखी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको सम्पत्तिमा गरेको लगानी डुब्ने जोखिम छ।

कर्कट : दिन राम्रो छ। जग्गाको कारोबारबाट फाइदा हुनेछ। परिवारमा नयाँ सदस्यको आगमन हुने योग छ। साथीसँग सहकार्यमा गरेको व्यापारबाट फाइदा हुने दिन छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ।

सिंह : रोजगारीको अवसर प्राप्त हुनेछ। परिवारको विवाद समाजमा सार्वजनिक हुने जोखिम छ। स्वास्थ्यमा ध्यान दिनुपर्नेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ।

कन्या : अरुको विवादले तपाईंलाई फाइदा हुनेछ। काममा परिवारको साथ मिल्नेछ। कामको बोझ घट्दै जाने देखिन्छ। धार्मिक व्यक्तिसँगको भेटले नयाँ योजना बनाउन सहयोग पुग्ने छ।

तुला : दिन राम्रो छ। सम्पत्ति खर्च भए पनि इज्जत र प्रतिष्ठामा बढुवा हुनेछ। शिक्षामा गरेको मिहिनेतको मूल्यांकन हुनेछ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। परिवारमा रमाइलो घुमघामको योजना तय हुनेछ।

वृश्चिक : दिन सामान्य छ। खर्च बढ्ने भएकाले खर्च कटौती गर्नु उचित हुनेछ। गहिरो अध्ययनले व्यवहारमा निखारता आउने छ। विपक्षी साथीबाट सहयोगको संकेत मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : मनमा चिन्ता बढ्नेछ। उपलब्धि नहुने यात्रा हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुने छ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। राजनीतिक क्षेत्रमा फाइदा हुनेछ।

मकर : फलफूल र कृषिको व्यापारमा फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। महत्त्वपूर्ण कामको सुरुवात गर्ने दिन आएको छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ।

कुम्भ : सञ्चित धन खर्च हुनेछ। रोगलाई सानो भनेर हेप्ने बानीले थप जोखिम बढ्नसक्छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ। धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ। सानो रकम भए पनि दान गर्दा फाइदा हुनेछ।

मीन : आज तपाईंलाई कामको बोझ थपिने छ। आम्दानीको बाटो पहिचान गर्न कठिन हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ मिल्नेछ। योजना बनाउँदा परिवारको सल्लाह लिएमा फाइदा हुनेछ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ५ : ०२ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग