मित्रताबाट किन घृणा र आरोपमा परिणत भयो ट्रम्प र मस्कको सम्बन्ध ? « Khabarhub

मित्रताबाट किन घृणा र आरोपमा परिणत भयो ट्रम्प र मस्कको सम्बन्ध ?


२३ जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – केही दिन अघिसम्म निकटस्थ सम्बन्ध रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कको सम्बन्ध अहिले घृणामा बदलिएको छ। यो साता भर नै मस्कले ट्रम्पले ल्याएको खर्च सम्बन्धी ऐनको बारे चर्चा गरे।

बिहीबार जर्मन चान्सलरसँग ओभल अफिसमै भएको भेटमा ट्रम्पले मस्कसँग आफू अत्यन्त निराश भएको बताए। मस्कले लगातार सामाजिक सञ्जालमा ट्रम्पका विरुद्धमा आक्रमण गरेपछि उनले यस्तो बताएका हुन्।

विवाद चर्किदै जाँदा ट्रम्पले मस्कलाई सामाजिक सञ्जालमै पागलपनको संज्ञा दिइसकेका छन्।

यो विवाद यत्तिमा सीमित छैन। ट्रम्पले मस्कलाई यौन अपराधी जियफ्री एप्सटनसँगको सम्बन्धका बारे समेत कुरा गर्न थालेका छन्। उनले यो फाइल खोतल्ने समेत चेतावनी दिएका छन्।

एक साता अघिसम्म सुमधुर सम्बन्ध ट्रम्पले ल्याएको खर्च विधेयकपछि बिग्रिएको हो। यो विधेयकमाथि मस्कले बोलेपछि सम्बन्ध खराब मात्र बनेर आरोप प्रत्यारोपमै पुगेको हो।

अमेरिकी राष्ट्रपति कार्यालयमा एलन मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्प ।

मस्कले सामाजिक सञ्जाल ‘एक्स’ मै ८० प्रतिशत मध्यम वर्गको प्रतिनिधित्व गर्ने गरी नयाँ राजनीतिक दलको गठन आवश्यकता सम्बन्धी बहस समेत सुरु गरेका छन्। यसमा बहसमा २० लाखले सहभागिता जनाइसकेका छन्। यी मध्य ८१ दशमलव ९ प्रतिशतले नयाँ राजनीतिक दलको आवश्यकतामा समेत सहमति जनाएका छन्।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  ५ : ४३ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२