मित्रताबाट किन घृणा र आरोपमा परिणत भयो ट्रम्प र मस्कको सम्बन्ध ? « Khabarhub

मित्रताबाट किन घृणा र आरोपमा परिणत भयो ट्रम्प र मस्कको सम्बन्ध ?


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – केही दिन अघिसम्म निकटस्थ सम्बन्ध रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कको सम्बन्ध अहिले घृणामा बदलिएको छ। यो साता भर नै मस्कले ट्रम्पले ल्याएको खर्च सम्बन्धी ऐनको बारे चर्चा गरे।

बिहीबार जर्मन चान्सलरसँग ओभल अफिसमै भएको भेटमा ट्रम्पले मस्कसँग आफू अत्यन्त निराश भएको बताए। मस्कले लगातार सामाजिक सञ्जालमा ट्रम्पका विरुद्धमा आक्रमण गरेपछि उनले यस्तो बताएका हुन्।

विवाद चर्किदै जाँदा ट्रम्पले मस्कलाई सामाजिक सञ्जालमै पागलपनको संज्ञा दिइसकेका छन्।

यो विवाद यत्तिमा सीमित छैन। ट्रम्पले मस्कलाई यौन अपराधी जियफ्री एप्सटनसँगको सम्बन्धका बारे समेत कुरा गर्न थालेका छन्। उनले यो फाइल खोतल्ने समेत चेतावनी दिएका छन्।

एक साता अघिसम्म सुमधुर सम्बन्ध ट्रम्पले ल्याएको खर्च विधेयकपछि बिग्रिएको हो। यो विधेयकमाथि मस्कले बोलेपछि सम्बन्ध खराब मात्र बनेर आरोप प्रत्यारोपमै पुगेको हो।

अमेरिकी राष्ट्रपति कार्यालयमा एलन मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्प ।

मस्कले सामाजिक सञ्जाल ‘एक्स’ मै ८० प्रतिशत मध्यम वर्गको प्रतिनिधित्व गर्ने गरी नयाँ राजनीतिक दलको गठन आवश्यकता सम्बन्धी बहस समेत सुरु गरेका छन्। यसमा बहसमा २० लाखले सहभागिता जनाइसकेका छन्। यी मध्य ८१ दशमलव ९ प्रतिशतले नयाँ राजनीतिक दलको आवश्यकतामा समेत सहमति जनाएका छन्।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ५ : ४३ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी