आज रूसी भाषा दिवस विविध कार्यक्रमका साथ मनाइँदै « Khabarhub

आज रूसी भाषा दिवस विविध कार्यक्रमका साथ मनाइँदै


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज रूसी भाषा दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदै छ । यहाँस्थित रूसी सांस्कृतिक केन्द्रको आयोजनामा आज अपराह्न एक कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । 

आधुनिक रूसी साहित्यका संस्थापक अलेक्ज्याण्डर सर्गेइभिच पुष्किनको २२६ औँ जयन्तीका रूपमा पनि यो दिवस मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी सञ्चार विभागले २०१० मा गरेको प्रयासस्वरूप त्यसयता हरेक वर्ष ६ जुनमा रूसी भाषा दिवस मनाउन थालिएको हो ।  संयुक्त राष्ट्रसङ्घमा पनि आज यो दिवस विविध कार्यक्रमका साथ मनाइने उक्त विश्व संस्थाले जनाएको छ । 

राष्ट्रसङ्घका अनुसार रूसी भाषा उक्त संस्थामा प्रयोग हुने छ वटा आधिकारिक भाषामध्येको एक हो । यो भाषा दिवसको उद्देश्य बहुभाषिकता र सांस्कृतिक विविधता मनाउनु र संस्थामा सबै छ वटा आधिकारिक भाषाको समान प्रयोगलाई प्रवर्द्धन गर्नु हो । 

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ७ : ०६ बजे

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद

अमेरिका–इरान वार्ताबारे फैलिएका अड्कलबाजीबीच इरानी राजदूतको स्पष्टिकरण

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिपछि अमेरिका र इरानबीच वार्ता