आज रूसी भाषा दिवस विविध कार्यक्रमका साथ मनाइँदै « Khabarhub

आज रूसी भाषा दिवस विविध कार्यक्रमका साथ मनाइँदै


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज रूसी भाषा दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदै छ । यहाँस्थित रूसी सांस्कृतिक केन्द्रको आयोजनामा आज अपराह्न एक कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । 

आधुनिक रूसी साहित्यका संस्थापक अलेक्ज्याण्डर सर्गेइभिच पुष्किनको २२६ औँ जयन्तीका रूपमा पनि यो दिवस मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी सञ्चार विभागले २०१० मा गरेको प्रयासस्वरूप त्यसयता हरेक वर्ष ६ जुनमा रूसी भाषा दिवस मनाउन थालिएको हो ।  संयुक्त राष्ट्रसङ्घमा पनि आज यो दिवस विविध कार्यक्रमका साथ मनाइने उक्त विश्व संस्थाले जनाएको छ । 

राष्ट्रसङ्घका अनुसार रूसी भाषा उक्त संस्थामा प्रयोग हुने छ वटा आधिकारिक भाषामध्येको एक हो । यो भाषा दिवसको उद्देश्य बहुभाषिकता र सांस्कृतिक विविधता मनाउनु र संस्थामा सबै छ वटा आधिकारिक भाषाको समान प्रयोगलाई प्रवर्द्धन गर्नु हो । 

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ७ : ०६ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज