सर्पदंशबाट बर्सेनि २० हजार प्रभावित, एन्टिभेनममा भारतकै भर | Khabarhub Khabarhub

सर्पदंशबाट बर्सेनि २० हजार प्रभावित, एन्टिभेनममा भारतकै भर


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नेपालमा सर्पदंश ठूलो जनस्वास्थ्यको समस्याका रुपमा रहेको छ। नेपालको तराई तथा भित्री मधेशका क्षेत्रमा गर्मी मौसम शुरु भएसँगै वैशाखदेखि असोजसम्म ६ महिना सर्पदंशको अत्यधिक खतरा हुन्छ।

विगत वर्षमा जस्तै यो वर्ष पनि सर्पदंशबाट मृत्यु भएका घटनाहरु आउन सुरु भइसकेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार वर्षेनी नेपालमा सर्पदंशबाट २० हजार जना पीडित हुने र त्यसमध्ये एक हजार जनाको मृत्यु हुने गरेको अनुमान छ।

नेपालमा गरिएका अध्ययन अनुसार ८९ प्रजातिका सर्प पाइन्छन् र त्यसमा १७ प्रजातिका सर्प बिषालु हुन्छन्। नेपालमा भेटिनेमध्ये झन्डै ८० प्रतिशत सर्प विषालु नभएको अध्ययनहरुले देखाएका छन्। विशेषत : तराई भेगमा सर्पको टोकाइबाट बढी मानिसको मृत्यु हुने गरेको तथ्यांक छ।

तराईमा कोब्रा, करेत जस्ता अत्यन्त बिषालु सर्प पाइने गर्छन्। कतिपय विषालु सर्पले नै टोकेको हो वा होइन भनेर ठम्याउन नपाएरै पनि ज्यान गुमाएका घटना आउने गरेको चिकित्सकहरु बताउँछन्।

कसरी गरिन्छ सर्पदंशको उपचार ?
सर्पले टोकेका बिरामीलाई उपचारका लागि दिइने औषधी एन्टिस्नेक भेनम सरकारले निःशुल्क दिने गरेको छ। यो औषधी सर्पदंशको उपचार गर्ने अस्पताल र नेपाली सेनाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रमा मात्रै पाइन्छ।

सर्पदंशकै लागि भनेर छुट्टै विशेषज्ञ नभई अस्पतालमा उपलब्ध चिकित्सक फिजिशियन र एनेस्थसियोलोजिष्टको सहकार्यमा उपचार गर्ने गरिएको एनेस्थेसियोलोजिष्ट डा. अनु शर्माले बताइन्। कैलालीको टीकापुर अस्पतालमा दुई वर्ष काम गरेको बताउँदै डा. शर्माले भनिन्– ‘समयमै अस्पताल आउँदा सर्पदंशका शतप्रतिशत बिरामी बचाउन सकिन्छ।’ चार वर्षको बच्चादेखि ७०/८० वर्षको बिरामीलाई पनि बचाउन सकिएको अनुभव सुनाउँदै उनले भनिन्– ‘तराईतिरका धेरै घटनामा सुरुमा झारफुक गर्न लैजाने भन्छन् त्यो सँगसँगै अस्पताल लैजानुपर्छ भन्ने चेतनाको विकास पनि धेरै भएकाले उपचार गर्न आउनेको संख्या पनि बढेको छ।’

सर्पले टोकेका बिरामीलाई उपचारका लागि दिइने औषधी एन्टिस्नेक भेनम सरकारले निःशुल्क दिने गरेको छ। यो औषधी सर्पदंशको उपचार गर्ने अस्पताल र नेपाली सेनाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रमा मात्रै पाइन्छ।

डा. शर्माका अनुसार सर्पले डस्दा दुई प्रकारको असर हुन्छ। एउटा हेमाटो टक्सिस र अर्को न्युरो टक्सिस हेमाटो टक्सिसमा रगतमा असर गरेर भित्री रक्तश्राव गराउने र शरीरका भित्री तहसम्म असर गरेर मृत्यु हुने र अपाङ्गता गराउने सम्भावना धेरै हुन्छ भने न्युरो टक्सिसमा दिमागमा असर गर्छ। तर हेमाटो टक्सिस जस्तो न्युरो टक्सिसमा अपाङ्गता गराउने जोखिम हुँदैन भए पनि एकदमै कम हुने उनले बताइन्। समयमै उपचारमा ल्याउँदा बचाउन सकिने सम्भावना धेरै हुने डा. शर्माको भनाइ छ।

स्नेक एन्टीभेनम भारतकै भर
लामो समयदेखि एन्टीरेबिज र स्नेक एन्टीभेनम औषधी नेपालमै उत्पादन गर्ने प्रयास भइरहेको छ। तर हालसम्म उत्पादन हुन सकेको छैन। जसको लागि भारतकै भर पर्नुपरेको छ।

सुनसरीको बराहक्षेत्रमा एन्टी स्नेक भेनम सेरम रिसर्च प्रालि उद्योग स्थापना भएको छ। २०७७ सालमै अबको २ वर्षमा नेपालमै उत्पादन गर्ने भनेर काम शुरु गरिएको थियो। तर उद्योगले गतवर्ष मात्रै सर्प पाल्ने अनुमति पाएको छ। उत्पादन भने अझै सुरु हुन सकेको छैन।

त्यस्तै पूर्वप्रधानमन्त्री तथा एकिकृत समाजवादीका नेता झलनाथ खनालले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्ने र बिषालु सर्प पालेर नेपालमै एन्टी स्नेक भेनम बनाउने भन्दै सर्लाहीमा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरे।

लामो समयदेखि एन्टीरेबिज र स्नेक एन्टीभेनम औषधी नेपालमै उत्पादन गर्ने प्रयास भइरहेको छ। तर हालसम्म उत्पादन हुन सकेको छैन। जसको लागि भारतकै भर पर्नुपरेको छ।

प्रतिष्ठान सञ्चालन नहुँदै झण्डै १८ करोड बराबरको भ्रष्टाचार भएको भन्दै मुद्दा चल्यो र संस्थाको नाम नै परिवर्तन गरेर राष्ट्रिय स्वास्थ्य विज्ञान एवं अनुसन्धान परिषद राखिएको छ। संस्था सञ्चालन गर्न र औषधी उत्पादनका लागि सहयोग गर्न भारत र थाइल्याण्डले पनि चासो देखाएका थिए। तर अहिले भने उक्त संस्था अलपत्र अवस्थामा रहेको छ। सर्पदंशको उपचारक लागि भारतबाट वर्षेनी २० हजार भायल भेनम आयात हुने गरेको सरकारी तथ्याङ्क छ।

नेपालमा कति छन् सर्पदंश उपचार केन्द्र ?
गृह मन्त्रालय अन्तर्गतको मनसुन पूर्वतयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७८ अनुसार नेपालमा सर्पदंश प्रभावित ३१ जिल्लामा ८७ वटा सरकारी सर्पदंश उपचार केन्द्र रहेका छन् भने विभिन्न जिल्लामा गरी २२ वटा उपचार केन्द्र नेपाली सेनाले पनि सञ्चालन गरेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा नौ हजार तीन सय ४६ जनालाई सर्पले टोकेको थियो। सो मध्ये नौ सय ६७ वटा विषालु सर्पले टोकेको घटना दर्ता भएको छ।

यस्तै २०७९/८० मा नौ हजार एक सय २० जनालाई सर्पले टोकेको छ। सो मध्ये एक हजार दुई सय २३ जनालाई विषालु सर्पले टोकेको सरकारी तथ्याङ्क छ। पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा सात हजार पाँच सय ६ जना सर्पको टोकाइबाट प्रभावित भएकोमा आर्थिक वर्ष २०८१/८२ मा एक हजार तीन सय ९२ जनालाई विषालु सर्पले टोकेको घटना सरकारी निकायको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा नौ हजार तीन सय ४६ जनालाई सर्पले टोकेको थियो। सो मध्ये नौ सय ६७ वटा विषालु सर्पले टोकेको घटना दर्ता भएको छ।

उता नेपाली सेनाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रमा आर्थिक वर्ष २०७९/८० मा दुई हजार चार सय ३४ जना सर्पदंशका बिरामीको उपचार गरिएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा दुई हजार तीन सय ७१ जना बिरामीको उपचार गरिएको सेनाको तथ्याङ्क छ। नेपाली सेनाका सूचना अधिकारीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८१/८२ मा का एक हजार सात सय १६ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ।

सर्पले टोकेको कसरी थाहा पाउने ?
सर्पको प्रजाति र विषको प्रकृति अनुसार सर्पदंशका लक्षणहरु पनि फरक फरक देखिने चिकित्सक बताउँछन्। डा. शर्मा भन्छिन् सबैभन्दा मुख्य त टोकेको दाग हो। तर कतिपय सर्पले डस्दा दाग पनि देखिदैन र सर्प पनि देखिँदैन। जस्तै जस्तै करेत, गोमन लगायतका सर्पले टोक्दा दाग देखिँदैन र प्राजसो यी सर्पहरुले राति सुतेको बेलामा टोक्ने हुनाले सर्प पनि देखिँदैन। त्यसैले यसले छिटो स्नायु प्रणालीमा असर गर्ने र मान्छेको मृत्यु हुने गरेको उनले बताइन्।

विषालु सर्पले प्राय राति टोक्ने भएकाले सुत्दा झुल अनिवार्य लगाउने, बाहिर निस्किँदा हातमा टर्च वा मोबाइल बालेर मात्रै निस्कने, घर वरपर सरसफाई र खेतबारीमा काम गर्दा गमबुट लगाउने, लगायतका सावधानी अपनाउन चिकित्सकहरु सुझाउँछन्।

उनका अनुसार यस्ता विषालु सर्पले टोक्दा जिब्रो लाटो हुने, जिब्रो मोटो भएको जस्तो, सास फेर्न गाह्रो हुने, हातखुट्टा नचल्ने, बच्चामा पेट दुख्ने, आँखा खोल्न कठिन हुने जस्ता लक्षण देखिन्छन्। अर्को समूह अन्तर्गत पर्ने सर्पहरु जस्तै बाघे, हरेउलगायतका सर्पले टोक्दा पेट दुख्ने, गिजा, पेट, आन्द्रा तथा शरीरमा टोकेको घाउ या अन्य चोटपटकबाट बाहिरी तथा आन्तरिक रक्तश्राव हुने लक्षण देखिन्छन्। यस्ता लक्षण देखिँदा बिरामीको समयमै उपचार गर्न सकिएन भने मृत्यु वा अपाङ्गता हुने सम्भावना हुने उनले बताइन्।

सर्पको टोकाइबाट बच्न के गर्ने ?
विषालु सर्पले प्राय राति टोक्ने भएकाले सुत्दा झुल अनिवार्य लगाउने, बाहिर निस्किँदा हातमा टर्च वा मोबाइल बालेर मात्रै निस्कने, घर वरपर सरसफाई र खेतबारीमा काम गर्दा गमबुट लगाउने, लगायतका सावधानी अपनाउन चिकित्सकहरु सुझाउँछन्।

यदि केही गरी सर्पले टोकेको अवस्थामा त्यो भाग नचलाई जतिसक्दो चाँडो अस्पताल पु-याउन सकियो भने झण्डै शतप्रतिशत बिरामी बचाउन सकिने डा. शर्मा बताउँछिन्।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ८ : १२ बजे

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर – गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट

शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छः शिक्षा मन्त्री पन्त

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी