कार्लो एन्सेलोटीको डेब्युमा इक्वेडरसँग बराबरीमै चित्त बुझायो ब्राजिलले | Khabarhub Khabarhub

कार्लो एन्सेलोटीको डेब्युमा इक्वेडरसँग बराबरीमै चित्त बुझायो ब्राजिलले


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत बिहीबार इक्वेडरविरुद्धको खेलमा ब्राजिल गोलरहित बराबरीमा रोकिएको छ ।

यससँगै रिल मड्रिडबाट गएका नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीको पहिलो खेल पनि जितविहीन भएको छ ।

ब्राजिलको प्रशिक्षकको रूपमा पहिलो खेल उनले गोलरहित बराबरीमा टुंग्याए । ६५ वर्षीय इटालियन प्रशिक्षकले युरोपेली सिजनको अन्त्यमा रियल म्याड्रिड छाडेका थिए । उनलाई २०२६ विश्वकपको अन्तिम चरणसम्म ब्राजिलको जिम्मेवारी दिइएको छ।

पूर्वएसी मिलान र चेल्सी प्रशिक्षक एन्सेलोटीले डोरिवाल जुनियरको स्थान लिएका हुन् । जसलाई मार्चमा अर्जेन्टिनासँग ४–१ को लज्जास्पद हारपछि बर्खास्त गरिएको थियो।

इक्वेडरको घरेलु मैदान एस्टाडियो मोनुमेन्टल गुआयाक्विलमा हजारौँ समर्थकबीच खेल भएको थियो । खेल सुरु हुनु केही बेरअघि गोलरक्षक हर्नान गालिन्डेज घाइते हुँदा इक्वेडरका नयाँ गोलरक्षक गोंजालो भालेलाईले डेब्यु गरे ।

भालेलाई सुरुवातमा दबाबमा देखिए पनि भिनिसियस जुनियरको शट रोकेर राम्रो प्रदर्शन गरे। मध्यक्षेत्रमा दुवै टिमले नियन्त्रण जमाउन नसकेकाले खेलमा गतिलो मौका निस्किएन ।

दोस्रो हाफमा पनि खेल सुस्त थियो । इक्वेडरका स्टार स्ट्राइकर एन्नर भ्यालेन्सिया घाइते भएकाले उनीहरू आक्रमणमा कमजोर देखिए। उता ब्राजिल पनि रोड्रिगोको अनुपस्थितिमा धारिलो देखिएन।

खेलको ७५ औँ मिनेटमा भिनिसियसले कासेमिरोलाई दिएको पासमा कमजोर प्रहारले गोल हुन सकेन ।

बिहीबारको नतिजापछि ब्राजिल २२ अंकसहित तालिकाको चौथो स्थानमा यथावत छ । इक्वेडर २४ अंकका साथ दोस्रो स्थानमा यथावत् रहेको छ।

बिहीबार चिलीविरुद्ध जित निकालेको अर्जेन्टटिना ३२ अंकसहित शीर्ष स्थानमा रहेको छ । अर्जेन्टिना आफ्नो समूहबाट संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने २०२६ विश्वकपको लागि छनोट हुने पहिलो टोली बनेको छ।

खेलपछि भिनिसियसले एन्सेलोटीको रक्षा गरे । ‘म धेरै खुसी छु, एन्सेलोटी हामीसँग छन्। उनी मेरा लागि अहिलेसम्मकै सबैभन्दा राम्रो प्रशिक्षक हुन्। तर उनीसँग आफ्नो योजनाअनुसार खेलाउन पर्याप्त समय थिएन,’ उनले भने ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  १२ : १९ बजे

नेपालगञ्ज–गुलरिया सडकमा चार लेनको पुल निर्माण हुँदै

बाँके– नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत खजुरा गाउँपालिका–३ पेडारी नालामा चार लेनको पक्की

पर्यटन प्रवर्द्धनका लागि तलाउ निर्माण गरिँदै

स्याङ्जा– स्याङ्जाको भीरकोट नगरपालिका–४ सिसौघारीमा मन्दिरसहितको तलाउ निर्माण थालिएको छ

भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’ ओझेलमा

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–७, भोर्नागीमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘सत्यदेवी मन्दिर’

दाताको सहयोगले गौ संरक्षण केन्द्र सञ्चालनमा सहज

तनहुँ– तनहुँमा छाडा गाई रेखदेखका लागि गौ संरक्षण केन्द्र सञ्चालन

बागमती, कोशी र मधेशमा बाढीको जोखिम : कुन नदीको अवस्था के छ ?

काठमाडौं – बिहीबार बिहानका रातिदेखि नै उपत्यकासहित देशभर वर्षा भइरहेको