पतञ्जलिको जग्गा बिक्रीमा भ्रष्टाचार : माधव नेपालसँगै तानिए सूर्यविनायकका मेयर, किनेको जग्गा जफत हुने | Khabarhub Khabarhub

पतञ्जलिको जग्गा बिक्रीमा भ्रष्टाचार : माधव नेपालसँगै तानिए सूर्यविनायकका मेयर, किनेको जग्गा जफत हुने


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत ९३ जनाविरुद्ध विशेष अदालतमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गर्दा भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर पनि तानिएका छन् ।

६३२ पृष्ठ लामो फाइलसहित अदालतमा मुद्दा पुग्दा सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा पनि जोडिएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपाल, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ, पूर्वसचिव छविलाल पन्तसहित ९३ जनालाई मुद्दा चलाउँदा थापा पनि मुछिएका हुन् ।

पतञ्जलि योग पीठका नाममा भ्रष्ट कर्मचारी र मन्त्रीहरुलाई प्रभावमा पारेर नेपालका विभिन्न १० वटा जिल्लामा हदभन्दा बढी जग्गा किन्ने र फेरि मन्त्रालयमा निवेदन दिएर जग्गा बेच्ने गिरोहविरुद्ध अख्तियारले मुद्दा चलाएको हो ।

रामदेव र आचार्य बालकृष्णसमेत जोडिएको यो प्रकरणमा हदबन्दीभन्दा धेरै जग्गा खरिदबिक्री भएको पाइएपछि मेयर थापालाई पनि विपक्षी बनाउँदै अख्तियारले मुद्दा चलाएको हो । उक्त जग्गा गैरकानुनी रूपमा खरिदबिक्रीमा संलग्न रहेको अभियोगसहित अख्तियारले थापालाई तानेको हो ।

अख्तियारले विशेषमा मुद्दा चलाए पनि जग्गा जफत प्रयोजनका लागि मात्रै विपक्षी बनाइएकाले थापा मेयर पदबाट निलम्बित नहुने भएका छन् । थापाले पतञ्जलि योगपीठको नाममा रहेको जग्गा किनेको खुलेको छ । हदबन्दीभन्दा धेरै जग्गा खरिद बिक्रीमा निषेध गरिएको अवस्थामा पतञ्जलिबाट थापाले किनेपछि मुद्दा परेको हो ।

थापाले उक्त जग्गा आफूले डिल्लीध्वज बराइलीसँग एक करोड ३० लाख ६६ हजारमा किने बयान दिएका छन् । तेस्रो पक्षसँग किनेकाले आफूले उक्त जग्गा पतञ्जलिको भन्ने पनि थाहा नपाएको बयान उनले अख्तियारमा दिएका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए ।

‘…प्रतिवादीहरू पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनी नेपाल, भोज राज शर्मा वाग्ले, जीवन राज कडेल, ओम प्रकाश वंशल, लक्ष्मण कार्की, गुप्तराज कोइराला, दामोदर अधिकारी, म्लाङ डोङ तामाङ, नमिता भण्डारी, निर्मला पौडेल, बद्री भक्त नाऐभा, वासुदेव थापा, यादव प्रसाद जोशी, राकेश सुवाल, राजेश त्वायना, राजेश साँद, रोशनी लक्ष्मी तुईतुई, लक्ष्मी केशरी जाकीबन्जार, सुरेन्द्र कुमार कोइराला, शिवहरि थापा, अमित श्रेष्ठ, तुल्सी राम सुवाल, नारायणकृष्ण जोशी, न्हुछे रत्न खाईतु, प्रकाश खाइजु, मिनु सुवाल, विक्रम प्रजापति, शिवनाथ त्वाना बासु, मन्जु कवाँ र सुसम्पन्न हाउजिङ्गको नाममा रहेको कुल क्षेत्रफल ५५४-५-१-० रोपनी (५५४ रोपनी ५ आना १ पैसा) जफत तथा सरकारी सार्वजनिक कायम हुनेमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख.समेतको प्रचलित कानुन बमोजिम जफत हुन मागदावी लिई आरोपपत्र दायर गरिएको छ’, अख्तियारले विशेष लगेको मुद्दाबारे भनेको छ । उनले त्यही ५५४ रोपनी सरकारको नाममा जानुपर्ने काभ्रेपलाञ्चोकको साँगास्थित जग्गा आफ्नो नाममा लिएको खुलेको छ ।

त्यसैगरि अख्तियारले थापासहितका प्रतिवादीहरूलाई उक्त जग्गा जफत प्रयोजनका लागि विपक्षी बनाएर मुद्दा चलाइएको जनाएको छ । अख्तियारले गुप्तराज कोइराला, दामोदर अधिकारी, म्लाङ डोङ तामाङ, नमिता भण्डारी, निर्मला पौडेल, बद्री भक्त नाऐभा, वासुदेव थापा, यादव प्रसाद जोशी, राकेश सुवाल, राजेश त्वायना, राजेश साँद, रोशनी लक्ष्मी तुईतुई, लक्ष्मी केशरी जाकीबन्जार, सुरेन्द्र कुमार कोइराला, शिवहरि थापा, अमित श्रेष्ठ, तुल्सी राम सुवाल, नारायणकृष्ण जोशी, न्हुछे रत्न खाइजु प्रकाश खाइजु, मिनु सुवाल, विक्रम प्रजापति, शिवनाथ त्वाना बासु, मन्जु कवाँ र सुसम्पन्न हाउजिङलाई जग्गा जफत प्रयोजनको लागि मात्रै प्रतिवादी कायम गरिएको जनाएको छ ।

थापा २०७९ सालको निर्वाचनमा भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयरमा विजयी भएका थिए । उनले नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवारलाई हराएका थिए ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  २ : ३१ बजे

इरानद्वारा इजरायलको मोसादका जासुसी आरोपितलाई मृत्यु दण्ड

एजेन्सी– इरानले सोमबार इजरायलको गुप्तचर एजेन्सी मोसादको तर्फबाट जासुसीको आरोपमा

दसैँले बजार चलायमान, व्यवसायीलाई राहत

चितवन– बडादसैँको चहलपहलसँगै यहाँका बजार पनि चलायमान भएका छन् ।

पूर्व सांसदलाई रास्वपाको आग्रह- रातो पासपोर्ट र परिचयपत्र संसद् सचिवालयमा बुझाउनू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका पूर्व सांसदहरूलाई रातो

फरार कैदीबन्दीलाई फर्किएर आउन नख्खु कारागारको आग्रह

पाटन– ललितपुरस्थित नख्खु कारागारले फरार कैदीबन्दीलाई फर्किएर आउन आग्रह गरेको

वर्षाका कारण अरनिको र विपी राजमार्गमा समस्या, यात्रुलाई सास्ती 

काभ्रे– वर्षा कारण दशैं मनाउन आफ्ना घरतर्फ गइरहेका यात्रु अरनिको