पाकिस्तानको व्यापार घाटा घट्यो, निर्यातमा उल्लेखनीय वृद्धि « Khabarhub

पाकिस्तानको व्यापार घाटा घट्यो, निर्यातमा उल्लेखनीय वृद्धि


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानले चालु आर्थिक वर्षको मे महिनामा आफ्नो व्यापार घाटामा उल्लेखनीय सुधार गरेको छ । पाकिस्तान तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार, देशको व्यापार घाटा मे महिनामा दुई अर्ब ६१ करोड ९० लाख अमेरिकी डलरमा सीमित भएको छ, जुन अघिल्लो अप्रिल  महिनामा तीन अर्ब ४२ करोड २० लाख डलर थियो । यो २३ दशमलव पाँच प्रतिशतले घटेको हो ।

यो सुधारको मुख्य कारण देशको निर्यातमा भएको १७ दशमलव ४ प्रतिशतको वृद्धि र आयातमा आएको ७ दशमलव ६ प्रतिशतको गिरावट हो । 

वैशाख महिनामा दुई अर्ब १७ करोड ४० लाख डलर बराबरको वस्तु निर्यात भएको थियो भने मे महिनामा यो मात्रा बढेर दुई अर्ब ५५ करोड ३० लाख डलर पुगेको छ । 

उता, आयात भने घटेर पाँच अर्ब १७ करोड २० लाख डलरमा झरेको छ, जुन वैशाख महिनामा पाँच अर्ब ५९ करोड ६० लाख डलर थियो ।

वर्षेनी तुलना गर्दा व्यापार घाटा बढ्दो

यद्यपि मासिक रूपमा घाटा घटे पनि, अघिल्लो वर्षको सोही महिनासँग तुलना गर्दा पाकिस्तानको व्यापार घाटा बढेको देखिन्छ । गत वर्षको मे महिनामा पाकिस्तानले दुई अर्ब ८३ करोड ९० लाख डलर बराबरको वस्तु निर्यात गरेको थियो, जुन यस वर्ष १० दशमलव एक प्रतिशतले घटेर दुई अर्ब ५५ करोड ३० लाख डलरमा सीमित भएको छ। उता, सोही अवधिमा आयात भने ५ दशमलव दुई प्रतिशतले बढेर पाँच अर्ब १७ करोड २० लाख डलर पुगेको छ ।

हालसम्मको ११ महिनाको विवरण

सन् २०२४ को साउनदेखि २०२५ को मे सम्मको ११ महिनाको अवधिमा पाकिस्तानको कुल व्यापार घाटा २४ अर्ब डलर पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रहेको २१ अर्ब ६९ करोड ८० लाख डलरको तुलनामा १० दशमलव ६ प्रतिशतले बढी हो ।

यस अवस्थाले पाकिस्तानलाई वैदेशिक मुद्राको सञ्चिति, उद्योग उत्पादन, रोजगारी तथा मुद्रा सटही दरमा समेत असर पार्न सक्ने अर्थ विशेषज्ञहरूको अनुमान रहेको छ । रासस
 

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ६ : ४७ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको