चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा « Khabarhub

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले धारिलो हतियार (हँसिया) प्रहार गर्दा उदयपुरको चौदण्डीगढी नगरपालिकामा एक महिलाको मृत्यु भएको छ।

चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँ बस्ने ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा ४५ वर्षीया श्रीमती बिमला राईको गर्दनमा हँसिया प्रहार गरेका हुन्। हतियार प्रहारबाट गम्भीर घाइते भएकी बिमलाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार राति करिब साढे १२ बजे घटना घटेलगत्तै अभियुक्त गन्दु राम स्वयं अस्थायी प्रहरी पोस्ट माडिबास पुगेर घटनाबारे जानकारी गराएका थिए। लगत्तै खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेल्टार पठाएको छ।

घटनालगत्तै अस्थायी प्रहरी पोस्ट माडिबासबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइते बिमलाको उद्धार गरी उपचारका लागि नगर अस्पताल बेल्टार पुर्‍याएको थियो। तर, उपचारकै क्रममा राति १:१५ बजे उनको मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ८ : २८ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने