दुई दर्जनभन्दा बढी नाराले भरिएको मधेस सरकारको नीति तथा कार्यक्रम प्रस्तुत « Khabarhub

दुई दर्जनभन्दा बढी नाराले भरिएको मधेस सरकारको नीति तथा कार्यक्रम प्रस्तुत


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा मधेस सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा सुवेदीले प्रस्तुत गरेकी हुन् ।

प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा यस वर्ष पनि विगतकै कार्यक्रमलाई निरन्तरता दिएको छ । नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिवृद्धि, गरिबी न्यूनीकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको छ ।

मधेश सरकारले ल्याएको नीति तथा कार्यक्रम भने यस पटक पनि आकर्षक नाराले भरिएको छ ।

कृषिलाई अर्थतन्त्रका मेरुदण्डका रूपमा प्रयोग गरी मधेसलाई आत्मनिर्भर बनाउन ‘मधेशले देशलाई खुवाउने अभियान’ लाई केन्द्रमा राख्दै ‘उत्पादन मधेशमा, विस्तार देशमा’ नारा दिइएको छ भने ‘मधेशको शान, स्थानीय मखान’ नाराका साथ मखान खेतीको विकास विस्तारसहित प्रचारप्रसार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

‘आँपको बगैँचा, मधेशको समृद्धि’ नाराकोसाथमा वृहत् आँपको क्षेत्र विस्तार गरिने नीति तथा कार्यक्रममा लक्ष्य दिइएको छ । ‘खेत–खेतमा पानी, घर–घरमा खाद्यान्नसहित आम्दानी’ नारामार्फत सिँचाइमा आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । ‘हर हाथ में सीप, हर घर में रोजगार, सीपयुक्त युवा, समृद्ध मधेश के आधार’ को अभियानलाई आत्मसाथ गर्दै एक लाख रोजगारीको अवधारणालाई अगाडि बढाइने सरकारको लक्ष्य रहेको छ ।

रोजगारी वृद्धि गर्न श्रमिकलाई सवारी, घर–घरमा रोजगारी नारा दिइएको छ । बालबालिकाको शिक्षामा पहुँच र सहभागिता वृद्धि गर्न तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न ‘बच्चा के स्कुल पठाओ, साक्षरता के दीप जलाओ’ नारा दिइएको छ भने शिक्षामै अर्को, नारा छ ‘स्वस्थ समाजका लागि गुणस्तर शिक्षा’ । स्वास्थ्यतर्फ पूर्ण सुरक्षित मातृत्व प्रदेश, पूर्णखोप प्रदेश, कुपोषणमुक्त प्रदेश नाराको माध्यमबाट मातृ शिशु स्वास्थ्य प्रवर्द्धन गरिने उल्लेख छ ।

यस्तो छ नीति तथा कार्यक्रम

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ७ : २१ बजे

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल