पश्चिम नवलपरासीमा रोपाइँ सुरु « Khabarhub

पश्चिम नवलपरासीमा रोपाइँ सुरु


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – मनसुन सक्रिय बनेसँगै पश्चिम नवलपरासीमा जेठको दोस्रो सातादेखि धान रोपाइँ सुरु भएको छ ।

गत वर्ष नहरमा पानी नआउँदा, ढिला वर्षा हुँदा समयमा धान रोप्न नपाएका कृषकले यस वर्ष जेठको दोस्रो सातादेखि रोपाइँ सुरु गरेका कृषि ज्ञान केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले बताए । उनका अनुसार रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिकाभित्रका कृषकले रोपाइँ सुरु गरेका छन् ।

यस वर्ष समयमा मनसुन भित्रिएसँगै नहरमा पानी आएपछि ढिलो रोपाइँ मजदुर नपाउने समस्या हुने भन्दै जेठमै रोप्न सुरु गरिएको पाल्हीनन्दन–४ का रामसिंह कुर्मीले बताए ।

नवलपरासीमा २० हजार चार सय ८० हेक्टर क्षेत्रफलमा किसानले बर्खे धान रोपाइँ गरिरहेका केन्द्रका प्रमुख डा चौबेले जानकारी दिए । उनका अनुसार खाल्टो खेतमा साभा, गोल्डेन र समथर खेतमा हर्दिनाथ, गोरखनाथ, सम्पुर्ना, शारदा, देवी, प्रशन्ना, हाईब्रिडलगायत जातका धान लगाउने गरिएको छ ।

गत वर्षको तथ्याङ्कअनुसार जिल्लामा ९१ हजार चार सय ७१ मेट्रिकटन धान उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी उमाशङ्कर पौडेलले जानकारी दिए । धान खेती हुनेमध्ये ७७ प्रतिशत क्षेत्रमा सिँचाइको प्रबन्ध रहेकाले उत्पादन प्रशस्त हुने गरेको उनको भनाइ छ ।

“रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका, सरावल गाउँपालिका, बर्दघाट नगरपालिका, सुनवल नगरपालिकामा बढी मात्रामा धानखेती हुन्छ । प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका धानभन्दा केरा, बदाम उत्पादन हुने क्षेत्र हुन्”, उनले भने।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ९ : १९ बजे

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद