मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल « Khabarhub

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कन थालेको बताए ।

एमाले उपत्यका विशेष प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेट विमर्श–२०८२’ कार्यक्रममा उनले निजी क्षेत्र चलायमान देखिएकोले अर्थतन्त्र लयमा फर्कन थालेको बताए । उनले बजेटका माध्यमबाट निजी क्षेत्रका माग सम्बोधन गर्ने प्रयास गरिएको बताए ।

महासचिव पोखरेलले तरलता नियन्त्रण गर्ने नाममा साधारण खर्च बढिरहेकाले राज्यको पैसा अनुत्पादक काममा खर्च भइरहेको बताए । “मौद्रिक सन्तुलनका लागि हामीले पैसा खर्च गरिरहेका छौँ । एकातिर हामीसँग पैसा छैन । अर्कातिर बैंकमा थुप्रिएका पैसालाई व्यवस्थापन गर्ने नाममा पैसा खर्च गरिरहेका छौँ”, उनले भने , “राज्यको पैसा तरलता नियन्त्रण गर्ने नाममा खर्च भइरहेको छ ।”

राष्ट्र बैंकले तरलता खिच्नुपर्ने बाध्यताको अन्त्य गर्न सके बैंकमा व्यवसायीहरु लगानीका प्रस्ताव लिएर आउने बताए । “अर्थतन्त्र लयमा फर्कनका लागि निजी क्षेत्र चलायमान हुनुप¥यो । अहिले बाहिरबाट सामान ल्याएर व्यापार गर्ने सक्रिय छन् । राजस्व बढेको छ । आयात वृद्धि भएको छ । आर्थिक क्रियाकलाप बढेर आयात बढेको हो”, उनले भने।

एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्यले बजेटले अर्थतन्त्र चलायमान गराउने कार्यक्रम समेटिएको बताए । कमिटीका अध्यक्ष प्रेमप्रसाद पराजुलीले मुलुकको आर्थिक सङ्कट समाधान गर्न वर्तमान सरकार सफल भइरहेको बताए ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  १० : ३९ बजे

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान