आज २०८२ साल असार २२ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार शुक्ल पक्षको एकादशी तिथि। हरिसयनी एकादशी व्रत। तदनुसार सन् २०२५ जुलाई ६ तारिख। तुलसी रोप्ने दिन। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। तपाईंको काम सहज बन्ने योग छ। यात्रामा सुख प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृष : दिन राम्रो छ। आफूले गरेको कामले मन प्रशन्न हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। खर्च कम गर्नु उचित हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। दाम्पत्य जीवनमा सफलता मिल्नेछ। सन्तानबाट सन्तुष्टि मिल्नेछ। आज योजना अनुसार रचनात्मक काम बन्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्ने छ।

कर्कट : दिन सामान्य छ। परिवारका कारण मन अशान्त बन्ने छ। अरुसँग विवाद नगर्नु राम्रो हुन्छ। आफूले सोचेका काममा बाधा आइपर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। आफ्नो काममा सन्तुष्टि मिल्नेछ। नयाँ लुगा लगाउन पाइने छ। साथीबाट साथ मिल्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। सोचेको काममा हिम्मत गरेर लगानी गर्नु उचित हुन्छ।

कन्या : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले काम बन्ने छ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। व्यापारबाट धन बढ्नेछ। आफन्तको सहयोग प्राप्त होला।

तुला : दिन राम्रो छ। दिनको सुरुवातमा गरेका कामले सार्थकता पाउने छ। आफ्नो कामले आफूलाई सुख दिनेछ। दाम्पत्य जीवन सहज बन्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

वृश्चिक : दिन सामान्य छ। अनावश्यक यात्रा हुनेछ। स्वास्थ्यको विशेष ध्यान दिनुपर्ने छ। व्यार्थको कार्यमा ऊर्जा, समय र पैसाको खर्च हुनेछ। बिहान उठेर गणेशलाई दुबो चढाएमा दिन सहज बन्ने छ।

धनु : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो बसोबास हुनेछ। सन्तानबाट सन्तुष्टि मिल्नेछ। दाम्पत्य जीवन सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मकर : दिन राम्रो छ। मान र सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यका उच्च अधिकारीबाट हौसला प्राप्त हुनेछ। आफ्नो परिवारले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन्।

कुम्भ : दिन राम्रो छ। लामो दूरीको यात्रा तय हुनेछ। आफूले गरेको काममा सन्तुष्टि मिल्नेछ। भाग्यले साथ दिनेछ। धार्मिक क्षेत्रको भ्रमण गर्नका लागि दिन उचित रहेको छ।

मीन : तपाईंको राशिमा शनिदेव पसेकाले मन अशान्त बन्नेछ। आफ्नै काममा असन्तुष्टि बढ्नेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले समस्या बढ्ने छ। पश्चिमको यात्रा नगर्नु उचित हुन्छ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ५ : ०१ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच