वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला « Khabarhub

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९ टिमले इङ्गल्यान्डसँगको शृङ्खला जितेको छ।

शनिबार भएको खेलमा सफलता पाएपछि भारतीय टोली ५ खेलको शृङ्खलामा ३-१ लेअघि बढेको हो। भारतले दिएको ३६४ रनको विशाल लक्ष्य पछ्याएको इङ्गल्यान्डले ४५.३ ओभरमा सबै विकेट गुमाउँदै ३०८ रन जोडेको हो।

इङ्गल्यान्डको लागि रोकी फ्ल्न्टिफले १०७ रन प्रहार गरे। ९१ बलको सामना गरेका उनले ७ चौका र ४ छक्का प्रहार गरे। जोसेफ मुरले ४१ बलमा ५२ रन जोडे। भारतका नमन पुष्पकले तीन विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा ३६३ रन जोडेको थियो। भारतका लागि सूर्यवंशीले सर्वाधिक १४३ रन जोडे। ७८ बलको सामना गर्दा उनको पारीमा १३ चौका र १० छक्का समावेश थियो। उनले बिहान मलहोत्रासँग मिलेर दोस्रो विकेटका लागि २१९ रनको साझेदारी गरे।

भारतले २७ ओभरमा २३३ रन जोडेको थियो। २८ औँ ओभरको पहिलो बलमा सूर्यवंशीलाई मोयसले आउट गरेपछि भारतको रनरेट घटेको हो।

मलहोत्राले १२१ बलमा १२९ रन प्रहार गरे। उनको पारीमा १५ चौका र ३ छक्का समावेश थियो। इङ्गल्यान्डका ज्याक होमले ४ तथा सेवास्टिन मोर्गानले तीन विकेट लिए।

सूर्यवंशीले ५२ बलमा शतक पुरा गरेका थिए। यो नै भारतको सबै भन्दा छिटो यूथ ओडिआई शतक हो। सूर्यवंशी आउट भएपछि भारतले ११ बलको अन्तरमा एक रन थप्दै तीन विकेट गुमाएको थियो।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ६ : ११ बजे

सरकारलाई दबाब दिन कालोपट्टी बाँधेर सडकमा उत्रीए जेन-जी (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता 

एजेन्सी– अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन

इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

झापा– सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा

नवलपरासी कारागारका १८० कैदी अझै फरार

बर्दघाट सुस्ता पश्चिम-  ‘जेन-जी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

ग्लोबल आईएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

काठमाडौं– ग्लोबल आइएमई बैंकले ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा