क्लब विश्वकप: रियल म्याड्रिड नाटकीय जितसहित सेमिफाइनलमा « Khabarhub

क्लब विश्वकप: रियल म्याड्रिड नाटकीय जितसहित सेमिफाइनलमा


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बोरुसिया डर्टमन्डलाइ ३-२ ले हराउँदै रियल म्याड्रिड फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा रियलले पिएसजीसँग खेल्ने छ।

शनिबार राति भएको नाटकीय खेलको इन्जुरी समयमा ३ गाले हुनुका साथै एक रातो कार्ड देखाइएको थियो। सो खेलको १० औँ मिनेटमा आडाए गुलरको पासमा गोन्जालो गार्सियाले गोल गरेका थिए।

प्रतियोगिताको ५ खेलमा उनको यो चौथो गोल हो। त्यसको १० मिनेटपछि नै अलेक्जेन्डर आर्नोल्डको पासमा फ्रान गार्सियाले गोल गरे पछि रियलले दुई गोलको अग्रता लिएको हो।
इन्जुरी समय भने नाटकीय भएको थियो।

इन्जुरी समयमा म्याक्सिीमिलयन बियरले डर्टमन्डका लागि पहिलो गोल गरेका थिए। त्यसको लगत्तै केलिएन एम्बाप्पेले रियलका लागि गोल गरेका हुन्।

अन्तिम समयमा सेराउ गेरासीलाई ताने बापत डिन हुजेसनले रातो कार्ड पाए। त्यसै समयमा पाएको पेनाल्टीलाई गेराउसीले गोलमा परिणत गरे।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ७ : ०८ बजे

कसुरजन्य सम्पत्तिको विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको

‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान