टेक्सासको बाढीमा परेर ४३ जनाको मृत्यु : २७ विद्यार्थी बेपत्ता « Khabarhub

टेक्सासको बाढीमा परेर ४३ जनाको मृत्यु : २७ विद्यार्थी बेपत्ता


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

टेक्सास – अमेरिकाको टेक्सास बाढीमा हराएकाको खोजी कार्य जारी छ। अहिलेसम्म १५ बालबालिकासहित कम्तिमा ४३ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।

शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आउँदा धेरै जसो निदाइ रहेका थिए। सो नदीमा पानीको सतह बढेर आधा घण्टामा नै आठ मिटर बढेको हो।

क्रिस्चियन यूथ क्याम्पमा रहेका २७ जना विद्यार्थी अझै हराइरहेका छन्। अहिलेसम्म ८५० जनाको उद्धार भइसकेको छ। मौसम पूर्वानुमान अनुसार त्यस स्थानमा अझ धेरै पानी पर्न सक्ने छ।

धेरै असर ‘मोबाइल’ घर, क्याम्पिङ साइट तथा समर क्याम्पमा भएको थियो। चार जुलाईका दिन त्यहाँ बिदा मनाउन धेरै जना जाने गरेका थिए। शनिबार टेक्सासमा गभर्नर ग्रेट अबोटले अहिले खोजी कार्य युद्ध स्तरमा भइरहेको जानकारी दिएका छन्।

JPG converted with https://ezgif.com/webp-to-jpg

टेक्सासका अधिकारीले दिएको जानकारी अनुसार हराएका २७ जनामा धेरै जसो १२ वर्ष मुनिका बालबालिका थिए। कतिपय अभिभावकले आफ्नो बच्चा मृत अवस्थामा फेला परेको बताइ सकेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपद्को समयमा सङ्घीय सरकारले स्थानीय सरकारसँग मिलेर उद्धार कार्यमा सक्रिय रहेको बताएका छन्। यस सातामा केन्द्रीय टेक्सासमा अझ ठुलो पानी पर्ने मौसम पूर्वानुमान छ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ७ : २० बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६