युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने « Khabarhub

युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजामा युद्ध विराम र बन्दी रिहाइको विषयमा हमाससँग आइतबार वार्ता गर्न इजरायलले आफ्नो प्रतिनिधि मण्डल कतार पठाउने भएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो कार्यालयमा प्रस्ताव आइसकेको बताए। नेतान्याहुले सुरुवातमा मध्यस्थता गरेका अमेरिका, इजिप्ट र कतारले राखेको प्रस्तावमा हमासले गर्न चाहेमा परिवर्तन भने स्वीकार्य नहुने बताएका छन्।

शुक्रबार राति हमासले ६० दिने युद्ध विरामको प्रस्तावमा सकारात्मक भएको तथा वार्ताका लागि पनि तयार भएको जानकारी दिएको थियो।

वार्ताको पहल भइरहे पनि गाजामा इजरायलले आक्रमण छाडेको छैन। शनिबार भएको आक्रमणमा कम्तीमा ३५ प्यालेस्टाइनीको ज्यान गएको छ।

मवासीमा रहेको पालमा विस्फोट हुँदा एक चिकित्सक र उनका तीन सन्तानको साथमा ७ जनाको ज्यान गएको छ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ८ : ०२ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली