गिलको ‘ब्याक टु ब्याक’ शतकले इङ्गल्यान्डविरुद्ध बलियो बन्यो भारत « Khabarhub

गिलको ‘ब्याक टु ब्याक’ शतकले इङ्गल्यान्डविरुद्ध बलियो बन्यो भारत


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कप्तान शुभमन गिलले फेरि शतक प्रहार गरेपछि भारती टोली इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा बलियो अवस्थामा पुगेको छ। ६०८ रनको लक्ष्य लिएर ब्याटिङ गरेको इङ्गल्यान्डले शनिबार चौथो दिनको खेल सकिँदा ७२ रन जोडेर तीन विकेट गुमाएको छ। इङ्गल्यान्डका ओलिप पेपी २४ तथा हेरी ब्रुक १५ रनमा अविजित छन्।

भारतलाई जित हात पार्न अन्तिम दिन सात विकेट आवश्यक छ। शनिबार आकाश दिपले दुई तथा मोहम्मद सिराजले एक विकेट लिए। दोस्रो टेस्टमा इङ्गल्यान्डका १३ विकेट नै यसै जोडीले लिएको छ।

शनिबार चौथो दिन पनि कप्तान गिल छाए १६१ रन जोडे। ऋषभ पन्तले ६५ रनको योगदान गरे भने रवीन्द्र जडेजा ६९ रनमा अविजित रहे। भारतले ६ विकेटको क्षतिमा ४२७ रन जोडेको अवस्थामा पारी समाप्तिको घोषणा गरेको हो।

पहिलो पारीमा २६९ रन प्रहार गरेका गिल एउटै टेस्टमा चार सय रन कटाउने दुर्लभ खेलाडी बनेका छन्। उनको यो आठौँ टेस्ट शतक हो।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ८ : ३९ बजे

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा