मुस्लिम समुदायले पर्सामा पनि मनाउँदै मोहर्रम पर्व | Khabarhub Khabarhub

मुस्लिम समुदायले पर्सामा पनि मनाउँदै मोहर्रम पर्व


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– मुस्लिम समुदायले पर्सा जिल्लामा पनि मोहर्रम पर्व मनाइरहेका छन् । यस अवसरमा आज वीरगञ्ज महानगरका विभिन्न ठाउँबाट घण्टाघर चोकमा आएर मुस्लिम समुदायका युवाले लाठ्ठीका विभिन्न कला प्रदर्शन गरेका छन् । 

नेपाल मुस्लिम समाज सङ्घका उपसचिव अलिअस्गर अन्सारीले वीरगञ्जसहित पर्सा जिल्लामा विभिन्न प्रकारका कला प्रस्तुत गरेर मोहर्रम पर्व मनाइरहेको बताए । 

‘मुस्लिम समुदायले विगतमा मोहर्रम अर्थात् दाहा पर्व हातहतियारका विभिन्न कौशल प्रस्तुत गरेर मनाइने गरिन्थ्यो । प्रशासनको अनुरोधमा हामीले हातहतियारको सट्टामा लाठ्ठीका विभिन्न कला देखाएर पर्व मनाइरहेका छौँ । यो क्रम आज बेलुकासम्म चल्नेछ ।’ उनले भने ।

वीरगञ्जको चोकचोकबाट मुस्लिम समुदायले नेपालको राष्ट्रिय झण्डा तथा आफ्नो कला, संस्कृति झल्किने झण्डासहित उपस्थित भएका छन् । यस्तै, मुस्लिम युवाले घण्टाघर चोकमा घोडा सवार गरेर पनि थप मनोरञ्जन गराएका थिए ।

इस्लामिक नयाँ वर्ष हिजरी संवत् सुरु भएपछि यो पर्व एकदेखि १० तारिखसम्म मनाइने गरिन्छ । मुस्लिम समुदायले घरमा पूजापाठ गरी राखिएको तहाजियालाई मुहर्रमका दिन करबलामा लगेर सेलाइने चलन छ ।  

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले पर्वलाई मर्यादित र शान्तिपूर्ण रूपमा मनाउनका लागि अनुरोध गरे  । यहाँ बिहानैदेखि मुख्यमुख्य चोकमा सुरक्षा व्यवस्था कडा बनाएको छ । रासस

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १ : ४६ बजे

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो