बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनुपर्छ : सभामुख घिमिरे « Khabarhub

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनुपर्छ : सभामुख घिमिरे


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ऐन कामको पूर्ण पालन गरी बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिन जरुरी रहेको बताएका छन् ।  

प्रतिनिधिसभा अन्तर्गतका सार्वजनिक लेखा समितिले आइतबार सिंहदरबारमा आयोजना गरेको बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी उद्घाटन गर्दै सभामुख घिमिरेले बेरुजुका कारण मुलुक आर्थिक रूपमा समस्यामा पर्ने देखिएकाले ऐन कामको पूर्ण पालन गरी बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिन जरुरी रहेको बताएका हुन्  ।

वित्तीय सुशासन, आर्थिक अनुशासन र समग्र अर्थतन्त्रमा बेरुजुको प्रभाव र बेरुजु न्यूनीकरणका उपायहरूमाथि छलफल गरेर आवश्यक निष्कर्ष निकाल्नुपर्ने उनले बताए ।

सुशासन,सुख, समृद्धि र समानताको विषय मुलुकको आर्थिक अवस्थाले तय गर्ने भन्दै सभामुख घिमिरेले अर्थतन्त्रलाई बलियो बनाउनु कुरामा ध्यान दिनुपर्ने धारणा राखे ।

सभामुख घिमिरेले हरेक वर्ष देखिने बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्ने समेत बताए ।  

कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले सार्वजनिक लेखा समितिले सुशासनसँग जोडिएको विषयमा छलफल गरेर बेरुजुसम्बन्धी समस्या हल गर्नका लागि निकास निकाल्नुपर्नेमा जोड दिइन् । 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  २ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै