वित्त नीतिसँग समन्वय गर्दै मौद्रिक नीतिलाई अघि बढाउँछौँ : गभर्नर पौडेल « Khabarhub

वित्त नीतिसँग समन्वय गर्दै मौद्रिक नीतिलाई अघि बढाउँछौँ : गभर्नर पौडेल


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक क्षेत्रको दिगो विकासका लागि आगामी मौद्रिक नीति केन्द्रित हुने बताएका छन् । 

आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी छलफलमा गभर्नर पौडेलले सबै क्षेत्र वर्ग समुदायलाई समेट्दै माथि उठाउने गरी आर्थिक क्षेत्रको दिगो विकासका लागि आगामी मौद्रिक नीति केन्द्रित हुने बताएका हुन् ।

उनले बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न नसकेको उल्लेख गर्दै यस प्रकारका समस्यालाई मौद्रिक नीतिबाट समाधान गरिने स्पष्ट पारे ।

गभर्नर पौडेलले तरलता बढिरहेको अवस्थामा त्यसलाई लगानी क्षेत्र पहिचान गर्दै परिचालन गर्नुपर्ने बताए ।  उनले वित्त नीतिसँग समन्वय गर्दै मौद्रिक नीतिलाई अघि बढाउनेसमेत धारणा राखे । 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ३ : २३ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,