जनाधार जोगाउन पार्टी गम्भीर हुनुपर्नेमा कांग्रेस प्रवक्ता डा. महतको जोड | Khabarhub Khabarhub

जनाधार जोगाउन पार्टी गम्भीर हुनुपर्नेमा कांग्रेस प्रवक्ता डा. महतको जोड


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै गएको प्रति गम्भीर ध्यान दिन जोड दिएका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा. महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन नसके आगामी २०८४ को निर्वाचनमा कांग्रेस कमजोर हुने बताएका छन् । 

‘हाम्रो पार्टी पुरानो हो, तर पुराना पार्टीहरूप्रति जनता निराश हुँदै छन् । नयाँ नाममा नयाँ पार्टीहरू बनिरहेका छन्, यस्तो अवस्थामा हाम्रो परम्परागत जनाधार खस्किँदै गएकोप्रति पार्टी गम्भीर हुन जरुरी छ’, उनले भने ।

उनले पार्टीले आफ्ना मूल मूल्य–मान्यता, विशेषगरी धार्मिक र सांस्कृतिक पहिचानलाई स्पष्ट र मजबुत रूपमा प्रस्तुत नगरे गम्भीर क्षति हुने बताए ।

‘हामी हिन्दू, बौद्ध, किराँत, प्राकृतिक पूजक धर्म संस्कृति मान्ने जनताको प्रतिनिधित्व गर्छौँ, यही नै पार्टीको राइट टु द सेन्टर हो, कम्युनिस्टहरू धर्मलाई अस्वीकार गर्छन्, तर हामी आस्थावान् छौँ, यही हाम्रो पार्टीको आधार हो, र यसको संरक्षण गर्नुपर्छ’, महतको भनाइ थियो ।

उनले संविधान निर्माणका बेला सनातन धर्म संस्कृतिको संरक्षणको विषय उल्लेख गरिएको स्मरण गर्दै भने, ‘त्यो ऐतिहासिक निर्णय थियो, तर अहिले त्यो पहिचान कमजोर पार्ने प्रयास भइरहेको छ । पार्टीले आफ्नो यो वैचारिक धरातललाई इन्ट्याक्ट राख्नुपर्छ ।’

डा. महतले हाल पार्टीभित्र सामाजिक सञ्जाल र सार्वजनिक बहसहरूमा नेताहरूबीच एक अर्कामाथि आक्रमण भइरहेको, कार्यकर्ताभित्र आत्मबल खस्कँदै गएको र आन्तरिक विवादले जनताको विश्वास घटेकोप्रति पनि चिन्ता व्यक्त गरे ।

डा. महतले सक्रिय सदस्यता अभियानको कमजोर व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै भने, ‘सक्रिय सदस्यता परम्परागत नेतृत्व सुरक्षित गर्ने नाममा घर–परिवारको सदस्य मात्र बढाइएको छ । यो प्रवृत्तिले साँचो कार्यकर्ता छुटेका छन् ।’

डा. महतले पार्टीले महिला संगठनलाई गाउँस्तरमा सशक्त बनाएर नेतृत्व विकासको अभ्यास गर्न सुझाव दिए । ‘विदेश गएका युवाहरूको अनुपस्थितिमा गाउँघरमा महिला नै प्रमुख शक्ति हुन् । महिला संगठनमार्फत कांग्रेसको वास्तविक जनाधार निर्माण गर्न सकिन्छ’, उनले भने ।

गठबन्धन सरकारमा कांग्रेसको सहभागिता सन्दर्भमा उनले भने, ‘गठबन्धन सरकार हो, बस्दा पनि गारो, नबस्दा पनि गारो, तर सरकारमा बसेपछि कम्तीमा ५० प्रतिशत प्रभाव राख्ने हिसाबले हामी बसेका हौं ।’

उनले सरकारमा रहेका कांग्रेस मन्त्रीहरूको प्रदर्शन अरु दलका मन्त्रीभन्दा उत्कृष्ट देखिनु पर्ने र त्यसले जनतामा सन्देश दिनुपर्ने बताए ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ३ : ४२ बजे

प्रचण्ड, विप्लव र माधवबीचको एकता फेरि ‘टाइँटाइँ फिस’

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको एकीकृत नेपाल कम्युनिस्ट पार्टी

अदालतको आदेश उल्लङ्घन गरेपछि ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो नजरबन्दमा

एजेन्सी – ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सामाजिक

प्रधानमन्त्रीले भने- भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी नै न्याय हो

आवाजा (तुर्कमेनिस्तान)– प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी

पहिराले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

तानसेन– अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड