कोशी प्रदेश सरकार र बीमा प्राधिकरणबीच अन्तरक्रिया | Khabarhub Khabarhub

कोशी प्रदेश सरकार र बीमा प्राधिकरणबीच अन्तरक्रिया


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बीमा प्राधिकरणको आयोजनामा आइतबार कोशी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहल, विराटनगरमा कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले बीमाको दायरा विस्तारका लागि अध्ययन गर्न एक उच्चस्तरीय समिति बनाउने र प्रदेश बीमा नीति ल्याउने जानकारी दिए । 

मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्षमा राहत वितरणलाई भन्दा नागरिकलाई बीमाको दायरामा ल्याउन, न्यून आय भएकाको बीमा गर्न र घर बीमालाई अगाडि बढाउन प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

बीमा कम्पनीहरूले समयमा नै बीमा दाबी भुक्तानी नगरेसम्म बीमाप्रतिको विश्वास नबढ्ने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले समयमै दाबी भुक्तानी नदिने कम्पनीहरूलाई प्राधिकरणले कारबाही गर्नुपर्ने बताए । 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम बीमालाई अगाडि बढाउन प्रदेश सरकारले देखाएको अग्रसरताप्रति आभार प्रकट गरे ।

अध्यक्ष ओझाले बीमा दाबी भुक्तानी समयमा नै गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिइसकेको जानकारी दिँदै मध्यवर्ती क्षेत्रमा जङ्गली हात्तीबाट हुने जोखिमलाई ध्यानमा राखेर हात्ती बीमालेख ल्याउन आवश्यक कार्य भइरहेको जानकारी दिए ।

‘बण्डल प्रोडक्ट’ विकास गरेर सबै प्रदेशमा बीमाको अभियान संचालन गर्न प्राधिकरण अग्रसर हुने जानकारी दिँदै अध्यक्ष ओझाले अनौपचारिक क्षेत्रका कामदार र विपन्न बर्गलाई बीमाको दायरामा ल्याउनका लागि आवश्यक व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले बीमाको महत्त्व, बीमा बजारको विद्यमान अवस्था र बीमा क्षेत्रको विकास एवम् विस्तारमा प्रदेश सरकारको भूमिका सम्बन्धी प्रस्तुति गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले नेपाल बीमा प्राधिकरणले सबै प्रदेशका लागि साझा प्रदेश बीमा नीतिको मस्यौदा तयार गर्नुपर्ने, बीमाको विकास एवम् पहुँच विस्तारका लागि सङ्घ र प्रदेशबीच सहकार्य हुनुपर्ने, जङ्गली हात्तीबाट प्रभावित क्षेत्रका लागि हात्ती बीमालेख ल्याउनुपर्ने, बीमा दाबी भुक्तानीमा ढिलाइ हु ननहुने लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा कोशी प्रदेशका मन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेश मन्त्रालयका सचिव तथा पदाधिकारीहरू र नेपाल बीमा प्राधिकरणका केन्द्रीय कार्यालय तथा प्रदेश कार्यालयका कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो । रासस

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ३ : ३४ बजे

प्रचण्ड, विप्लव र माधवबीचको एकता फेरि ‘टाइँटाइँ फिस’

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको एकीकृत नेपाल कम्युनिस्ट पार्टी

अदालतको आदेश उल्लङ्घन गरेपछि ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो नजरबन्दमा

एजेन्सी – ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सामाजिक

प्रधानमन्त्रीले भने- भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी नै न्याय हो

आवाजा (तुर्कमेनिस्तान)– प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी

पहिराले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

तानसेन– अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड