प्रमुख प्रतिपक्षीसहित छ दलको अवरोधपछि मधेस प्रदेशसभा बैठक स्थगित | Khabarhub Khabarhub

प्रमुख प्रतिपक्षीसहित छ दलको अवरोधपछि मधेस प्रदेशसभा बैठक स्थगित


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– विपक्षी दलहरूको अवरोधपछि मधेस प्रदेशसभा बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी, नेपालसहित ६ दलले अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । आधा घण्टाका लागि स्थगित बैठक सुचारु हुन नसक्दा भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

जसपा नेपालका रामअशिष यादवले सतिशकुमार सिंह नेतृत्वको सरकारले ल्याएको बजेटमा बिचौलिया हाबी भएको बताए। उनले मुख्यमन्त्रीका बुवाले २० वर्षअघि बनाएको भवनको भुक्तानी गर्ने गरी बजेट ल्याइएको, डीपीआरमा करोडौँ रकम विनियोजन गरिएको भन्दै आपत्ति जनाए।

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक कनिस पटेलले बजेट असमान रहेको बताए। उनले सदनमा रहेका विपक्षी दल मात्र नभई सत्तापक्ष र सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका अध्यक्षले समेत बजेटको विरोध जनाइसकेको बताए। उनले बजेटको पुनर्लेखन नगरेसम्म बैठक चल्न नदिने बताए।

यस्तै, माओवादी केन्द्रका दलका उपनेता युवराज भट्टराईले यो बजेटमा ५ लाखको खुद्रे योजना रहेकाले यसको पुनर्लेखन नभएसम्म बैठकलाई सञ्चालन नगर्न आग्रह गरे।

जसपा नेपालसहित नेकपा एस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीले बैठक अवरुद्ध गरेका हुन्।
 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ३ : ४६ बजे

प्रचण्ड, विप्लव र माधवबीचको एकता फेरि ‘टाइँटाइँ फिस’

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको एकीकृत नेपाल कम्युनिस्ट पार्टी

अदालतको आदेश उल्लङ्घन गरेपछि ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो नजरबन्दमा

एजेन्सी – ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सामाजिक

प्रधानमन्त्रीले भने- भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी नै न्याय हो

आवाजा (तुर्कमेनिस्तान)– प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी

पहिराले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

तानसेन– अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड