आयुर्वेद चिकित्सा पद्धतितर्फ आकर्षण बढ्दै « Khabarhub

आयुर्वेद चिकित्सा पद्धतितर्फ आकर्षण बढ्दै


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– जिल्ला आयुर्वेद चिकित्सालयले हिमाली तथा दुर्गम पहाडी जिल्ला रसुवामा आयुर्वेद चिकित्सा पद्धतितर्फ आम सर्वसाधारणको आकर्षण बढेको बताएको छ ।   
 
धुन्चेमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चिकित्सालयका डा रोजिना ताम्राकारले गत साउनदेखि असार तेस्रो हप्तासम्म छ हजार ४८२ स्थानीय बासिन्दाले आयुर्वेदिक स्वास्थ्य उपचार सेवा लिएको जानकारी दिइन् ।

आयुर्वेद पद्धतिको बहिरङ सेवाअन्तर्गत चार हजार ४९२ जनालाई उपचार एवं परामर्श सेवा प्रदान गरिएको डा ताम्राकारले स्पष्ट बताइन् ।

आउँ, झाडापखाला, पिनास, दम, गानुगोला, बाथ तथा स्त्रीरोगलगायत  विविध समस्याका बिरामी औषधोपचारका लागि अस्पताल आउने गरेको उनले बताइन् ।
 
यसरी चिकित्सालय आउने बिरामीमध्ये एक हजार १८४ लाई पञ्चकर्मबाट, ८० जनालाई योगका माध्यमबाट र ३८३ जना ज्येष्ठ नागरिकलाई आयुर्वेदिक पद्धतिबाट स्वास्थ्य उपचार सेवा प्रदान गरेको डा ताम्राकारले जानकारी दिइन् ।
 
रसुवा नागरिक समाजका अध्यक्ष बावुलाल तामाङका अनुसार ‘एलोपेथिक’ पद्धति अपनाउनुपर्नेबाहेक अन्य प्रकृतिका स्वास्थ्य समस्या समाधानका लागि आयुर्वेदतर्फ आम सर्वसाधारणको आकर्षण बढेको देखिन्छ । रासस
 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ४ : ५१ बजे

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका