आयुर्वेद चिकित्सा पद्धतितर्फ आकर्षण बढ्दै | Khabarhub Khabarhub

आयुर्वेद चिकित्सा पद्धतितर्फ आकर्षण बढ्दै


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– जिल्ला आयुर्वेद चिकित्सालयले हिमाली तथा दुर्गम पहाडी जिल्ला रसुवामा आयुर्वेद चिकित्सा पद्धतितर्फ आम सर्वसाधारणको आकर्षण बढेको बताएको छ ।   
 
धुन्चेमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चिकित्सालयका डा रोजिना ताम्राकारले गत साउनदेखि असार तेस्रो हप्तासम्म छ हजार ४८२ स्थानीय बासिन्दाले आयुर्वेदिक स्वास्थ्य उपचार सेवा लिएको जानकारी दिइन् ।

आयुर्वेद पद्धतिको बहिरङ सेवाअन्तर्गत चार हजार ४९२ जनालाई उपचार एवं परामर्श सेवा प्रदान गरिएको डा ताम्राकारले स्पष्ट बताइन् ।

आउँ, झाडापखाला, पिनास, दम, गानुगोला, बाथ तथा स्त्रीरोगलगायत  विविध समस्याका बिरामी औषधोपचारका लागि अस्पताल आउने गरेको उनले बताइन् ।
 
यसरी चिकित्सालय आउने बिरामीमध्ये एक हजार १८४ लाई पञ्चकर्मबाट, ८० जनालाई योगका माध्यमबाट र ३८३ जना ज्येष्ठ नागरिकलाई आयुर्वेदिक पद्धतिबाट स्वास्थ्य उपचार सेवा प्रदान गरेको डा ताम्राकारले जानकारी दिइन् ।
 
रसुवा नागरिक समाजका अध्यक्ष बावुलाल तामाङका अनुसार ‘एलोपेथिक’ पद्धति अपनाउनुपर्नेबाहेक अन्य प्रकृतिका स्वास्थ्य समस्या समाधानका लागि आयुर्वेदतर्फ आम सर्वसाधारणको आकर्षण बढेको देखिन्छ । रासस
 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ४ : ५१ बजे

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ

आज ऋषिपञ्चमी : सप्तऋषिको पूजाआराधना गरिँदै

काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली

कार्तिक आर्यनको नयाँ फिल्म लाइनअप : जम्बी-थ्रिलरदेखि नाग जिल्लासम्म !

काठमाडौं – बलिउडका स्टार कार्तिक आर्यन पछिल्ला दिनमा आफ्नो चलचित्र