एसईई परीक्षामा ग्रेडेड विद्यार्थीलाई गाउँपालिकाको सम्मान | Khabarhub Khabarhub

एसईई परीक्षामा ग्रेडेड विद्यार्थीलाई गाउँपालिकाको सम्मान


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काभ्रे– बेथानचोक गाउँपालिकाले २०८१ सालको एसईई परीक्षामा ग्रेडेड विद्यार्थीहरूलाई सम्मान गरेको छ । गाउँपालिका भित्रका १० वटै माध्यमिक विद्यालयबाट एसईई परीक्षामा ग्रेडेड विद्यार्थीहरूलाई गाउँपालिकाको सभाहलमा एक कार्यक्रमबीच सम्मान गरेको हो ।

कार्यक्रममा ग्रेडेड विद्यार्थीहरूलाई बधाई व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले गाउँपालिकाले ८९.३५ प्रतिशत विद्यार्थी ग्रेडेड गराउनु उपलब्धि भएको बताए । 

असोज महिनाको कहालीलाग्दो बाढी पहिरोको कहरबीच प्राप्त सफलता प्रशंसा योग्य भएको बताए । उनले परीक्षामा सफल विद्यार्थीबाट गाउँपालिकाले अनि राष्ट्रले नै ठूलो अपेक्षा राखेकाले उच्च शिक्षामा राम्रोसँग अध्ययन गर्न आग्रह गरे ।

गाउँपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिसकेको र उच्च शिक्षामा पनि छोरी बुहारी निःशुल्क शिक्षाको अवधारणा ल्याएकोले भावी दिनका अध्ययनका लागि गाउँपालिका भित्रकै शिक्षालय रोज्न आग्रह गरे । 

उपाध्यक्ष तारा राना तिमल्सिनाले गाउँपालिका भित्रै प्राविधिक धारका उच्च शिक्षा अध्यापनको व्यवस्था रहेकोले प्राविधिक शिक्षामै जोड दिन विद्यार्थीहरूलाई आग्रह गरिन् । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले गाउँपालिकाले शिक्षामा गरेको लगानीले नै उत्कृष्ट नतिजा आएको बताउँदै थप जिम्मेवार भएर काम गर्न मातहतलाई आग्रह गरे । कार्यक्रममा शिक्षा शाखा प्रमुख पुष्पा राईले सबैको साझा प्रयासले गाउँपालिकाले आशातीत नतिजा ल्याएको बताइन् ।

गाउँपालिकाका १० वटा मध्ये २ वटा विद्यालयले शतप्रतिशत विद्यार्थी ग्रेडेड गराउन सफल भएका छन् । जसमा वडा नं. ४ को भूमिमाता माध्यमिक विद्यालय र वडा नं. ५ को आत्मा विकास माध्यमिक विद्यालय रहेका छन् । 

यस्तै पार्वती माध्यमिक विद्यालयले ९८.३८  प्रतिशत विद्यार्थीलाई ग्रेडेड गराउन सफल भएको छ । गाउँपालिकाबाट उत्कृट जिपिए ल्याउने उत्कृष्ट ५ भित्र सबै पार्वती माध्यमिक विद्यालयका विद्यार्थी रहेको छन् । सत् प्रतिशत ल्याउने विद्यालयहरूलाई नगद २५ हजार र उत्कृष्ट ५ विद्यार्थीहरूलाई नगद ५ हजार रुपैयाँले सम्मान गरिएको थियो ।

साथै वडा नं. १ को भैरब मा.वि.ले ४४.४४ प्रतिशत, चक्रेश्वर मा.वि.ले ८७.५० प्रतिशत, वडा नं. ३ को कृष्ण गोपालले ९०.८९ प्रतिशत, वडा नं. ४ कै सरस्वती मा.वि.ले ७४.१९ प्रतिशत, कालिका माध्यमिक विद्यालयले ८७.५०, वडा नं. ५ को भीमसेनेश्वर माध्यमिक विद्यालयले ९०.९१ तथा वडा नं. ६ को सरस्वती माध्यमिक विद्यालयले पनि ९०.९१ प्रतिशत विद्यार्थी ग्रेडेड गराउन सफल भएकोमा सम्मान गरिएको छ । कार्यक्रममा १६६ जना विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, सत् प्रतिशत ग्रेडेड गराउन सफल विषय शिक्षक, वडा कार्यालयहरूलाई सम्मान गरिएको हो ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ४ : ५५ बजे

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र

सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन

थप सय वटा स्मार्ट विद्युतीय बस चलाउन प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं – काठमाडौं उपत्यकामा थप एक सय स्मार्ट विद्युतीय बस