‘माग्ने राजा’का निर्देशक र निर्मातासँग केदारको असन्तुष्टि, भन्छन्- ६१ लाख पारिश्रमिक प्रचारको फन्डा « Khabarhub

‘माग्ने राजा’का निर्देशक र निर्मातासँग केदारको असन्तुष्टि, भन्छन्- ६१ लाख पारिश्रमिक प्रचारको फन्डा


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ले फिल्म ‘माग्ने राजा’मा आफूलाई ६१ लाख पारिश्रमिक दिएको निर्माताको दाबी झुटो भएको स्पष्टीकरण दिएका छन् ।

ललितपुरको पुलचोकमा आइतबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड’को पत्रकार सम्मेलनमा उपस्थित केदारले सञ्चारकर्मी समक्ष पारिश्रमिकको दाबी निर्माताले चलाएको बेकारको फन्डा मात्रै रहेको बताए ।

उनले ६१ लाख पारिश्रमिक आफूलाई दिएको पुष्टि गर्ने व्यक्तिलाई उक्त बराबरकै रकम दिने घोषणा गरे ।

केदार फिल्मका निर्देशक ऋषि लामिछाने, निर्माता मुनाल घिमिरे र लेखक सामिप्यराज तिमल्सेनासँग पनि असन्तुष्ट देखिए ।

निर्माता घिमिरेले पारिश्रमिकभन्दा बढी बढाएर बोल्ने गरेकाले आफू नैतिक संकटमा परेको उनको आशय छ ।

निर्देशक लामिछानेले पारिश्रमिककै विषयमा पत्रकारसँग ‘नक्कली विवाद’ गरेको उनको सुनाए । उनले भने, ‘पत्रकारसँग त उहाँले चर्काचर्की नै गर्नुभयो । एक जना सिनियर पत्रकारसँग त झगडै पर्ला जस्तो भयो । किन यस्तो भन्दा उहाँले भन्नुहुन्छ- पत्रकार हाम्रो पुरानो मित्र हो । केही हुँदैन । फिल्मको हाइप बढ्छ ।’

फिल्मको प्रस्ताव लिएर आउने लेखक तिमल्सेनाले ‘कलाकारलाई ठूलो पारिश्रमिक’ शीर्षकमा लेख प्रकाशन गरेकामा उनी असन्तुष्ट छन् ।

केदार भन्छन्, ‘सामिप्य सरबाटै मलाई प्रस्ताव आएको हो । उहाँले मलाई नै सोचेर फिल्म लेखेको भन्नुहुन्थ्यो । फरि उहाँ नै कलाकारलाई बढी पारिश्रमिक भयो भनेर लेख छाप्नुहुन्छ । किन यस्तो भनेर प्रश्न गर्दा, पत्रकारितामा मेरो धर्म हो भन्नुहुन्छ ।’

निर्माण टिमबाट आफूलाई व्यक्तिगतरुपमा असर परेको केदारलाई महसुस भएको छ । यो टिमको पारिश्रमिक फन्डाले आफ्नो व्यवसायिक कलाकारिता संकटमा पर्ने हो कि भन्ने चिन्ता उनीमा छ ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ६ : २९ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष