प्राप्त उपलब्धि र अधिकार संस्थागत गर्न कांग्रेसलाई `वेल मेनेज´ गरौँ : प्रकाशमान सिंह | Khabarhub Khabarhub

प्राप्त उपलब्धि र अधिकार संस्थागत गर्न कांग्रेसलाई `वेल मेनेज´ गरौँ : प्रकाशमान सिंह


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्राप्त उपलब्धि र अधिकार रक्षाका लागि कांग्रेस पार्टीलाई व्यवस्थित बनाउनुपर्नेमा जाेड दिएका छन् । 

नेपाली कांग्रेसकाे जारी केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो धारणा राख्ने क्रममा उनले कांग्रेसकाे संगठनलाई बलियो बनाए मात्रै हालसम्मका संघर्षबाट प्राप्त उपलब्धि र अधिकार संस्थागत हुने बताए । 

`पार्टीको संगठन राम्रो बनाउनेमा लाग्नुपर्छ । कांग्रेस वेल मेनेज भयाे भने प्राप्त उपलब्धिहरू, अधिकारहरू बिस्तारै संस्थागत हुन्छन् । 
एकले अर्कोको दोष देख्ने प्रवृत्तिले संगठन बलियो हुँदैन,´ कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने । 

त्यस्तै उनले कांग्रेसकाे मूल नीतिमा रहेर समयअनुसार पार्टीको रणनीति बनाउनुपर्ने पनि धारणा राखे । कांग्रेस नेता सिंहले पार्टीको महाधिवेशनको मिति नजिक आइसकेको भन्दै महाधिवेशनका लागि आवश्यक जे प्रक्रियाहरू छन्  ती छिटै  पूरा गर्नुपर्ने बताए  । 

त्यस्तै बैठकमा कांग्रेसका तर्फबाट नेतृत्व गरेर सरकारमा रहेका, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री समेत रहेका सिंहले सरकारको कामकारबाही, बजेटलगायतका विषयमा पनि प्रस्ट पारेका थिए । 

सो क्रममा उनले सरकारमा रहेर चाहनाअनुसार काम गरिरहेको भन्दै आफूले सम्हालेको मन्त्रालयबाट भएका नीतिगत र विकासका कामको फेहरिस्त प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ६ : ०८ बजे

अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ ।

सप्तरीमा प्रहरीको ‘सर्च अप्रेसन’ : गोली प्रहारबाट एक जनाको मृत्यु

सप्तरी– मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले

आईफोन-१७ सेप्टेम्बर ९ मा रिलिज हुने

काठमाडौं- एप्पलले बहुप्रतीक्षित आईफोन–१७ सरिजका फोनहरु आगामी सेप्टेम्बर ९ मा