प्रहरीको वान्टेड सूचीमा रहेका जसपा नेता यादवले भने- भागेको छैन, छोराको उपचार गराउँदै छु « Khabarhub

प्रहरीको वान्टेड सूचीमा रहेका जसपा नेता यादवले भने- भागेको छैन, छोराको उपचार गराउँदै छु


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सर्लाही प्रहरीले वान्टेड सूचीमा राखेका जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशका अध्यक्ष अशोक यादवले आफू फरार नरहेको बताएका छन् ।

आइतबार फेसबुक लाइभमार्फत सार्वजनिक रूपमा बोल्दै उनले आफूविरुद्ध लगाइएको आरोपलाई झुटो भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

यादवका अनुसार प्रहरी डाँका शैलीमा उनको घरमा पुगेर छोरामाथि कुटपिट गरेको र छोराको गर्दनको नसासमेत च्यातिएको छ । उनले अहिले छोराको उपचारमा व्यस्त रहेको जानकारी दिए । सञ्चारमाध्यममा आफू फरार भएको भनेर आएका समाचारको पनि उनले खण्डन गरे ।

उनले भने, ‘मैले कुनै अपराध गरेको छैन। म त निमुखा, शोषित, पीडित र विपन्न वर्गका लागि आवाज उठाइरहेको छु । जिल्लामा भइरहेको भ्रष्टाचार, बेथिति र लुटतन्त्रविरुद्ध बोलेको हुँ । त्यसका लागि राज्यले मलाई अपराधी ठान्छ भने म सय वटा मुद्दा खेप्न तयार छु, तर जनताको पक्षमा बोल्न कहिल्यै रोकिन्न ।’

यादवले आफूविरुद्ध अनावश्यक रूपमा मुद्दा दर्ता गरिएको दाबी गर्दै चाँडै सर्लाही फर्किने बताए । उनले सर्वसाधारणलाई आन्दोलनमा उत्रन पनि आग्रह गरे । प्रहरीसँगको गालीगलौजबारे स्पष्टीकरण दिँदै उनले एसपीलाई पहिले गाली नगरेको बताए ।

सर्लाही प्रहरीले यादवविरुद्ध सार्वजनिक सेवामा रोकावट र राजनीतिक उपद्रो सम्बन्धी दुई वटा मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी गरेको जनाएको छ । बिहीबार राति जिल्ला प्रहरी प्रमुख योगेन्द्रकुमार खड्का र अध्यक्ष यादवबीचको गालीगलौज अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ६ : १७ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको