योगमायाको साहसिक नेतृत्व आज पनि उत्तिकै सान्दर्भिक: उपसभामुख « Khabarhub

योगमायाको साहसिक नेतृत्व आज पनि उत्तिकै सान्दर्भिक: उपसभामुख


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपसभामुख इन्दिरा राना मगरले महिला आन्दोलनकी अग्रणी अभियन्ता योगमायाको योगदान नेपालको मात्रै नभई विश्वकै इतिहासमा अतुलनीय रहेको बताएकी छन् ।

राष्ट्रिय महिला आयोगद्वारा आइतबार आयोजित ‘योगमाया स्मृति दिवस’ कार्यक्रममा उपसभामुख रानाले निरंकुश राणाशासनकालमा योगमायाले देखाएको साहस र सामाजिक जागरणका लागि गरेको सङ्घर्ष आजका पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताएकी हुन् ।

‘राणाशासनमा लेख्न, बोल्न र सङ्गठित हुन निषेध गरिएको अवस्थामा योगमायाले सामाजिक सुधार र महिला अधिकारका लागि गरेको योगदान अविश्मरणीय छ’, उनले भनिन्, ‘आजको पुस्ताले योगमायाको जीवनबाट प्रेरणा लिएर महिला हकअधिकारको क्षेत्रमा अझ समर्पणका साथ अघि बढ्नुपर्छ ।’

महिलामाथिको विभेद, हिंसा र अन्यायको अन्त्य गर्न प्रभावकारी कानुनी कार्यान्वयन र घरघरमा चेतनामूलक अभियान चलाउनु आवश्यक रहेको उनको भनाइ छ ।

योगमायाले सुरु गरेको सामाजिक रूपान्तरण र महिला सशक्तीकरणको यात्रा अझै सान्दर्भिक रहेको उल्लेख गर्दै उपसभामुख रानाले राज्यका सबै संरचनामा महिलाको समान सहभागिता सुनिश्चित गर्न आवश्यक रहेको बताइन् ।

त्यस अवसरमा राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले योगमायाले सामाजिक तथा धार्मिक सुधारमा अतुलनीय योगदान दिएको भन्दै वर्गीय र जातीय विभेद हटाउनमा पनि अहम् भूमिका खेलेको बताइन्।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले सामाजिक रूपान्तरणकी सशक्त अभियन्ता योगमायाले दिएको योगदानको कदर गर्दै आयोगले स्मृति दिवस मनाउँदै आएको बताइन्।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ७ : ३५ बजे

७५ वर्ष अघिका कांग्रेस १५ औँ महाधिवेशनमा सहभागी : मातृकाले बनाएका थिए सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको मञ्चमा एकाएक ७५

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति