भोजपुर घटनाः  मृतक चारै जनाको शव सदरमुकाम ल्याइयो | Khabarhub Khabarhub

भोजपुर घटनाः  मृतक चारै जनाको शव सदरमुकाम ल्याइयो


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

टक्सार– शनिबार राति रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा सामुहिक हत्या गरिएका चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेपछि उनीहरूको शव परीक्षण गर्न यहाँ ल्याइएको हो । 

भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको शनिबार राति हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 उनीहरूको हत्या गरेपछि अभियुक्तले नै घटनाबारे प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । 

अभियुक्त राई पेटमा धारिलो हतियारको चोट रहेको अवस्थामा फेला परेका थिए ।  जिल्ला अस्पताल भोजपुरमा प्रारम्भिक उपचार गरी राईलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

 मनिषा र राजेन्द्रबीच नौ महिना अगाडी प्रेम विवाह भएको थियो । झगडा भएपछि केही समयदेखि मनिषा माइतमै बस्दै आएकी थिइन् । 

भोजपुर नगरपालिका–२, हैलोछा घर भएका राजेन्द्र श्रीमतीलाई लिन ससुराली आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । मृतक गिरी दम्पतीका तीन छोरा र एक छोरी काठमाडौँमा बस्दै आएकाले उनीहरू आएपश्चात् मात्र दास संस्कार गरिने प्रहरीले जनाएको छ ।  रासस
 

पहिलो श्रीमतीले छाडेपछि १६ वर्षीयालाई भगाएका थिए राजेन्द्रले, माइतीले फर्काएपछि लिन पुगेका बेला परिवारै सिद्ध्याए

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ८ : ०८ बजे

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ

आज ऋषिपञ्चमी : सप्तऋषिको पूजाआराधना गरिँदै

काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली

कार्तिक आर्यनको नयाँ फिल्म लाइनअप : जम्बी-थ्रिलरदेखि नाग जिल्लासम्म !

काठमाडौं – बलिउडका स्टार कार्तिक आर्यन पछिल्ला दिनमा आफ्नो चलचित्र