विदेश पठाउने बहानामा १ करोड ८० लाख ठग्ने एक जना पक्राउ « Khabarhub

विदेश पठाउने बहानामा १ करोड ८० लाख ठग्ने एक जना पक्राउ


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिथुआनिया र रोमानियालगायत मुलुकमा पठाइदिने बहानामा १ करोड ८० लाख ९३ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका(६ घर भई हाल काठमाडौं–६ बस्ने ३२ वर्षीय फिन्चु लामा रहेका छन्।

रोहन भनिने लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। लामालाई काठमाडौं–१० बाट पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।

लामाले ४५ जना युवायुवतीबाट उक्त बराबरको रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। रकम लिएर लामो समय सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी दिन पुगेका थिए।

लामालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

लामाले नयाँ बानेश्वरमा इन्स्युर डेस्टिनी इन्टरनेसनल नामक कन्सल्टेन्सी चलाउने गरेका थिए। लामाविरूद्ध हाल ४५ जनाले उजुरी दिएका छन्। यो संख्या थपिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ८ : ३२ बजे

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।