आईफोन-१७ सेप्टेम्बर ९ मा रिलिज हुने « Khabarhub

आईफोन-१७ सेप्टेम्बर ९ मा रिलिज हुने


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एप्पलले बहुप्रतीक्षित आईफोन–१७ सरिजका फोनहरु आगामी सेप्टेम्बर ९ मा रिलिज गर्ने अपेक्षा गरिएको छ । जर्मन ब्लग आईफोन–टिकरले यसबारे जानकारी दिएको हो ।

एप्पलले उक्त मितिमा आईफोन–१७, अति पातलो आईफोन–१७ एयर, र क्यामेरालाई ध्यानमा राखेर निर्माण गरिएको आईफोन–१७ प्रो र आईफोन–१७ प्रो म्याक्स रिलिज गर्ने अपेक्षा गरिएको छ ।

आईफोन–१७ मा ६.३ इन्चको डिस्प्ले, १२ जीबी र्‍याम (प्रो मोडलहरूका लागि), र १२० हर्ज प्रोमोशन डिस्प्ले सबै मोडलमा हुने अपेक्षा छ । आईफोन १७ एयरमा अति पातलो डिजाइन र ६.६ इन्चको ओएलईडी डिस्प्ले हुनेछ । तर यो फोनमा केबल एउटा ४८ मेगापिक्सेल रियर क्यामेरा हुने गिजमोडोले जनाएको छ । प्रो मोडलहरूमा ८ गुणा अप्टिकल जुम र नयाँ क्यामेरा कन्ट्रोल बटन हुने सम्भावना छ ।

एप्पलले सामान्यतया सेप्टेम्बरको दोस्रो हप्तामा आफ्ना नयाँ आईफोनहरू घोषणा गर्दै आएको छ । नयाँ आईफोनको प्रि अर्डर सेप्टेम्बर १२ मा शुरू हुने र बिक्री सेप्टेम्बर १९ बाट हुने अपेक्षा छ । यस पटक एप्पलले आईफोनको मूल्य ५० डलरले वृद्धि गर्ने जनाइएको छ । यसअनुसार बेसिक आईफोन–१७ को मूल्य ८५० डलरबाट शुरू हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ७ : ४६ बजे

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको