आईफोन-१७ सेप्टेम्बर ९ मा रिलिज हुने « Khabarhub

आईफोन-१७ सेप्टेम्बर ९ मा रिलिज हुने


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एप्पलले बहुप्रतीक्षित आईफोन–१७ सरिजका फोनहरु आगामी सेप्टेम्बर ९ मा रिलिज गर्ने अपेक्षा गरिएको छ । जर्मन ब्लग आईफोन–टिकरले यसबारे जानकारी दिएको हो ।

एप्पलले उक्त मितिमा आईफोन–१७, अति पातलो आईफोन–१७ एयर, र क्यामेरालाई ध्यानमा राखेर निर्माण गरिएको आईफोन–१७ प्रो र आईफोन–१७ प्रो म्याक्स रिलिज गर्ने अपेक्षा गरिएको छ ।

आईफोन–१७ मा ६.३ इन्चको डिस्प्ले, १२ जीबी र्‍याम (प्रो मोडलहरूका लागि), र १२० हर्ज प्रोमोशन डिस्प्ले सबै मोडलमा हुने अपेक्षा छ । आईफोन १७ एयरमा अति पातलो डिजाइन र ६.६ इन्चको ओएलईडी डिस्प्ले हुनेछ । तर यो फोनमा केबल एउटा ४८ मेगापिक्सेल रियर क्यामेरा हुने गिजमोडोले जनाएको छ । प्रो मोडलहरूमा ८ गुणा अप्टिकल जुम र नयाँ क्यामेरा कन्ट्रोल बटन हुने सम्भावना छ ।

एप्पलले सामान्यतया सेप्टेम्बरको दोस्रो हप्तामा आफ्ना नयाँ आईफोनहरू घोषणा गर्दै आएको छ । नयाँ आईफोनको प्रि अर्डर सेप्टेम्बर १२ मा शुरू हुने र बिक्री सेप्टेम्बर १९ बाट हुने अपेक्षा छ । यस पटक एप्पलले आईफोनको मूल्य ५० डलरले वृद्धि गर्ने जनाइएको छ । यसअनुसार बेसिक आईफोन–१७ को मूल्य ८५० डलरबाट शुरू हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ७ : ४६ बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट