गाजा कब्जा गर्ने नेतान्याहुको प्रस्ताव सैन्य अधिकारीबाट अस्वीकार « Khabarhub

गाजा कब्जा गर्ने नेतान्याहुको प्रस्ताव सैन्य अधिकारीबाट अस्वीकार


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सुरक्षा क्याबिनेटको बैठकमा गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् ।

उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै जनाले अस्वीकार गरेका छन् । नेतान्याहुको यो प्रस्ताव लागू भएमा सेना प्रमुखले पदबाट राजीनामा गर्ने छन् । 

यो योजनाले अहिले रिहा हुन बाँकी रहेका बन्दीहरूको परिवारमा अझ बढी त्रास समेत छाउने  छ । ५० मध्ये २० जना अझै रिहा हुन बाँकी रहेका छन् ।

इजरायल निकटस्थ धेरै देश पनि नेतान्याहुको प्रस्तावको विरुद्धमा रहने छन् । धेरै देशहरू युद्ध अन्त्य र गाजामा राहत वितरणको वातावरण सृजना गर्ने प्रयासमा लागिरहेका छन् ।

नेतान्याहुले यो प्रस्ताव राखेको एक दिन अघिमात्र इजरायलका दर्जनौँ पूर्व सैन्य अधिकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसामु युद्ध विरामका लागि प्रयास गर्न पत्र लेखेका थिए ।

यसरी पत्र लेख्ने मध्येका एक पूर्व गुप्तचर प्रमुख अमी आयलनले सेनको यसरी प्रयोग गरिनु दुर्भाग्यपूर्ण हुने बताएका छन् । 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ६ : १९ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष