गाजा कब्जा गर्ने नेतान्याहुको प्रस्ताव सैन्य अधिकारीबाट अस्वीकार « Khabarhub

गाजा कब्जा गर्ने नेतान्याहुको प्रस्ताव सैन्य अधिकारीबाट अस्वीकार


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सुरक्षा क्याबिनेटको बैठकमा गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् ।

उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै जनाले अस्वीकार गरेका छन् । नेतान्याहुको यो प्रस्ताव लागू भएमा सेना प्रमुखले पदबाट राजीनामा गर्ने छन् । 

यो योजनाले अहिले रिहा हुन बाँकी रहेका बन्दीहरूको परिवारमा अझ बढी त्रास समेत छाउने  छ । ५० मध्ये २० जना अझै रिहा हुन बाँकी रहेका छन् ।

इजरायल निकटस्थ धेरै देश पनि नेतान्याहुको प्रस्तावको विरुद्धमा रहने छन् । धेरै देशहरू युद्ध अन्त्य र गाजामा राहत वितरणको वातावरण सृजना गर्ने प्रयासमा लागिरहेका छन् ।

नेतान्याहुले यो प्रस्ताव राखेको एक दिन अघिमात्र इजरायलका दर्जनौँ पूर्व सैन्य अधिकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसामु युद्ध विरामका लागि प्रयास गर्न पत्र लेखेका थिए ।

यसरी पत्र लेख्ने मध्येका एक पूर्व गुप्तचर प्रमुख अमी आयलनले सेनको यसरी प्रयोग गरिनु दुर्भाग्यपूर्ण हुने बताएका छन् । 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ६ : १९ बजे

तेस्रोमा सीमित बन्यो विराटनगर, फाइनलमा लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार

लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्गसको

शिवं सिमेन्टले साँढे १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं– शिवं सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक साधारण

विदेशी नागरिक र कालोसूचीकालाई उडाउनेसहित यी विषयमा अनुसन्धान गरिरहेको छ अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग सम्बन्धित व्यक्तिहरूमाथि